गत वर्ष ग्लोबल स्टक मार्केट किन बढ्यो?

Jan 05, 2021 06:05 PM BBC

गत वर्ष विश्वभर लाखौँ मानिसहरुले रोजगारी गुमाए अथवा धेरै मानिसहरुलाई घर बस्नका लागि सरकारले पैसा तिरेको अवस्था छ।

यद्यपी, स्टक मार्केट भने गत मार्चको तीव्र गिरावटबाट बाउन्स ब्याक भएको छ।

सबैभन्दा धेरै वृद्धि गत वर्ष अमेरिकामा भएको छ, ठूला टेक कम्पनी भएको नास्डाकमा ४२ प्रतिशत र एसएण्डपी ५०० मा १५ प्रतिशतको भारि वृद्धि भयो।

तर, संघर्षरत तेल कम्पनी, बैंक तथा एयरलाइन्स जस्ता महामारीले बर्बाद भएका कम्पनीहरु भएको यूकेको एफटिएसई १०० का लागि भने सुखद रहन सकेन।

वर्षको सुरुवातको तुलनामा यो इण्डेक्स अझै पनि १४ प्रतिशत कम छ। पछिल्ला केही महिनाहरुमा यसमा लगातार वृद्धि देखिएको छ। युरोपियन संघका साथ एक व्यापार सम्झौता र अर्को खोप स्वीकृत भएको खबरले यस इण्डेक्समा वृद्धि भएको हो।

जापानमा, खोप पत्ता लागेपछि शेयरमा उछाल आयो, जसमा फार्मास्युटिकल र गेमिङ्ग कम्पनीहरुले नेतृत्व लिए।

लगानीकर्ताहरुका अनुसार, केही वृद्धि शेयर बजारहरुको प्रदर्शन मापन गर्ने तरिकाभन्दा कम छ र केही अझ त्योभन्दा तल हुनसक्छ।

उनीहरु भन्छन् कि केन्द्रिय बैंक कति रकम सिर्जना गरिरहेको छ, त्यसले पनि फरक पार्दछ। र अन्त्यमा, आशावादका केही छोटा कारण छन्।

‘एक महत्वपूर्ण कुरा यो हो कि शेयर बजारको मूल्य केबल अहिले र यहाँको मात्र होइन,’ मनि म्यानेजर श्रोडर्सका युके इक्विटीज प्रमुख सु नोफ्के बताउँछिन्।

‘शेयर बजारले आगामी दिन हेर्छ, त्यसले यो एक कार चलाउने जस्तै हो, तपाई नजर अगाडिको खाल्डोभन्दा क्षितिजमा हुनेछ,’ उनी थप्छिन्।

स्वीकृत भएका विभिन्न नयाँ खोपहरुको सफलता अथवा विकासका क्रममा भएका विकासमा लगानीकर्ताहरु रमाइरहेका छन्।

सस्तो पैसा

उनीहरुलाई सस्तो ऋणले पनि प्रभाव पारिरहेको छ, जुन व्यवसायहरुको लागि एक वरदान हो। त्यहाँ केन्द्रिय बैंकहरुद्वारा सिर्जना गरिएको सबै पैसा पनि छ र यसले पनि प्रभाव पारिरहेको छ। बैंक अफ इंगल्याण्ड एक्लैले मात्र नयाँ पैसाबाट क्वाटिटेटिभ इजिङ्ग (क्यूई) को माध्यमबाट ८९५ बिलियन पाउण्ड बराबरको सरकारी र कर्पोरेट बण्डहरु खरिद गर्ने योजना बनाएको छ।

मार्चदेखि युएस फेडले ३ त्रिलियन डलर अर्थात २.२५ त्रिलियन पाउण्डभन्दा बढीको सम्पत्ती खरिद गरेको छ।

यो खरिद उधारोको लागतलाई कम राख्ने प्रयासको एक हिस्सा हो र जब बण्ड खरिद गरिएको नयाँ पैसा अर्थतन्त्रमा प्रवेश गर्छ, तब त्यसले कहिँ न कहिँ मूल्य बढाउन प्रभाव पार्छ।

‘पैसा सस्तिएको छ र सस्तो पैसाले वित्तीय सम्पत्तीको मूल्याङ्कनलाई उचाल्छ र त्यसैको प्रभाव हामीले विश्व स्तरमा शेयर बजारको समर्थन गरिरहेको देखेका छौँ,’ नोफ्के बताउँछिन्।

पाँच हाबी

जब हामी बजारलाई हेर्छौँ, हामी साधारणतयाः इण्डेक्सलाई हेरिरहेका हुन्छौँ, जुन एकै समूहमा बाँढिएका हुन्छन्।

सानाभन्दा ठूला कम्पनीहरुको विकास वा अन्य कुराहरुले इण्डेक्सको भ्यालुलाई बढी प्रभावित पार्छ।

तर, पछिल्लो समय, विशेष रुपमा अमेरिकामा, ठूला कम्पनीहरु निकै ठूला भएका छन्। यसको मतलब यो हो की प्राविधिक कम्पनीहरुको लागि एक राम्रो वर्ष, जसको कमाइ धेरै बढेको छ, तीनिहरुले एयरलाइन्स जस्ता कम्पनीहरुको खराब वर्षलाई छोपेको छ।

उदाहरणको लागि, नास्डाकले वर्षको सुरुवातदेखि नै उच्च वृद्धि देख्यो। तर, मात्र पाँच कम्पनी, गुगल धनी अल्फाबेट, एप्पल, माइक्रोसफ्ट, एमेजोन र फेसबुक, हरुको भ्यालु बाँकी ९५ कम्पनीहरुको जति नै छ।

१० वर्षको ट्रेण्ड

एक इण्डेक्समा केही ठूला कम्पनीहरुको वर्चस्व तथाकथित निष्क्रिय लगानीकर्ताहरुको उदयका कारण भएको छ, जहाँ पेन्सनर, मनि म्यानेजर र स्पेकुलेटरहरुले एक सस्तो लगानी कोष खरिद गर्न सक्छन् जसले एक इण्डेक्सलाई ट्रयाक गर्छ।

त्यसैले, जब लगानीकर्ता यी फण्डहरु खरिद गर्छन्, तब उनीहरु अन्तर्निहि शेयर खरिद गर्दछन् र मूल्य बढाउन सहयोग गर्छ।

‘हामी पछिल्लो १० वर्षमा देखेको कुरा भनेको सक्रिय कोषबाट निष्क्रिय कोषमा पैसा बहिर्गमन हो र यो महामारीले पनि परिवर्तन गर्न सकेछ,’ यूनिभर्सिटी अफ वारविकका वित्तीय बजारका पोस्ट डक्टरल रिसर्चर योहानस पेट्री भन्छन्।

उनी भन्छन् कि जुन कम्पनी यी इण्डेक्सहरुको रेखदेख गर्छ, त्यसका कुन कम्पनी जान्छ, र कसैले एफटीएसई १०० फण्ड अथवा नास्डाक फण्डमा लगानी गर्दा कसलाई फाइदा हुन्छ भन्ने हेर्छ, उनीहरुको यस कारण विकास शक्ति हुन्छः

कुनै कम्पनीहरु आफ्नो आकारका कारण एक इण्डेक्समा सामिल हुन्छन् या त्यसलाई छोड्छन् वा इण्डेक्स निर्माताका नियमका कारण परिवर्तन हुन्छ, त्यसको मतलब यो हुनसक्छ कि ठूला कम्पनीहरु, उदाहरणका लागि अनलाइन रिटेलर बोहो, तब तिनीहरु एफटिएसई १०० जस्तो ठूलो इण्डेक्सको हिस्सा होइन।

उदाहरणका लागि, उनी भन्छन्, इलेक्ट्रिक कार निर्माता टेस्ला, जसले यसै महिना एसएण्डपी ५०० मा प्रवेश गर्यो, उसले आफ्नो शेयरको माग बढाई थप १०० विलियन डलर कमाउने अनुमान गरेको छ।

नर्भस?

‘यस्तो भनिएको छ कि, चीजहरु एक गिरावटको लागि तयार भएका हुनसक्छन्,’ ब्रोकरज फर्म थेमिस ट्रेडिङ्गका एक पार्टनर जो सलुजीले भने।

‘हरेक दिन र्याली भइरहेको छ र सबैजना टाउको हल्लाइरहेका छन्,’ उनी भन्छन्। जहाँ धेरै लगानीकर्ताहरु सोच्छन् कि बजार सँधैको लागि बढ्न सक्दैन, त्यहाँ गिरावट कहिले आउँछ भन्न कठिन छ।

उनी भन्छन् उनी सीएनएनले प्रकाशित गरेको एक फियर एण्ड ग्रीड नामक सूचक हेर्छन्। यो एक महिना अघि ९२ मा थियो, जसले ‘एक्सट्रीम ग्रीड’ जनाउँछ, त्यसपछि यो घटेको छ।

‘जब म त्यसलाई हेर्छु, तब त्यसले मलाई भन्छ कि मानिसहरु वास्तवमै डराएका छैनन् र तिनीहरु हुनुपर्छ,’ सलुजी भन्छन्।

उनले हेर्ने अर्को सूचक मार्केट बढ्छ वा घट्छ भन्ने ‘बाजी’ को अनुपात हो। पछिल्लो समय बढ्छ भन्नेले घट्छ भन्नेलाई बाजीलाई जितेको छ।

‘मानिसहरुले गर्ने एक ठूलो गल्ती भनेको उनीहरु हामीले गरेको विश्लेषण हेर्छन्, हामीले हाम्रो मूल्य निकै उच्च भयो, हामी बाहिरिनुपर्छ भन्ने निष्कर्ष निकाल्छौँ,’ उनी भन्छन्, ‘तर उनीहरु भन्छन्, म बजारभन्दा स्मार्ट छु। तपाई हुनुहुन्न, कोही पनि छैन।’

यहाँ मार्केटलाई अघि बढ्नुका केही कारणहरु छन्, नोफ्के भन्छिन्, केहि समयको लागि भए पनि।

धेरै व्यक्ति जसले आफ्नो राखिरहेका थिए र खर्च कम गरिरहेका थिए, उनीहरु रमाइलो गर्न चाहनेछन् र एकपटक सकेसम्म केही खरिद गर्न चाहनेछन्, उनी भन्छिन्।

सरकारहरु पछिल्लो संकटको कारण देखिएको कट्टरपन्थी उपायहरुमा फर्कने सम्भावना कम छ, उनी थप्छिन्।

तर, जब मार्केट घट्छ, लगानीकर्ताहरुले कसरी प्रतिक्रिय दिन्छ भन्ने हेर्न रमाइलो हुन्छ, सलुजी भन्छन्, विशेष गरी ती युवाहरु जसले मार्केट माथि जान्छ र चाँडै रिकभर हुन्छ भन्ने अनुभवर गरेका छन्। तिनीहरु बजारको सानो तर सक्रिय हिस्सा हुन्।

‘उनीहरु परीक्षित होइनन्। उनीहरु लामो समयसम्म बजारमा रहेका छैनन्,’ उनी भन्छन्, ‘यो चाँडै नराम्रो हुन्छ’।

(बीबीसीका लागि हवर्ड मस्तो र डेनियल पलम्बोको लेख अनुवादित)

अनुवाद: प्रत्येक अवाले

(तस्विरः बीबीसी)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।