गरिब र मध्यम वर्गलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारांश भाग ९

Jan 13, 2021 06:27 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा अघिल्लाे साता हामीले फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स पुस्तक सारंशकाे आठाैँ प्रस्तुत गरेका थियाैँ। यस पुस्तकलाई रोबर्ट काओसाकीले लेखेका हुन्। शुरु गरौँ पुस्तक सारांशको नवाैँ तथा अन्तिम भागः

अध्याय १२ः शिक्षामा उद्यमीः के तपाई भविष्य देख्नुहुन्छ?

हाम्रो शिक्षा एक समस्या हो। अर्थात, हामीले के सिकाउँछन्, कसरी सिकाउँछन् र कसले सिकाउँछन्, त्यो समस्या हो। मानवता गहिरो अभावमा डुबेको छ–उदाहरण बिनाको अभाव।

कारण २ः मुद्रास्फिति

‘धन्य छन् ति युवाहरु जसका लागि राष्ट्रिय ऋण प्राप्त हुनेछ,’ हबर्ट हुबर भन्छन्।

‘यदि कुनै सरकारी ग्यारेन्टीड विद्यार्थी नभएको भए, कलेज ट्याशन निकै कम हुन्थ्यो,’ गरे जनसन।

आउँदो पुस्तालाई चिन्ताको विषय

अमेरिकामा बेबी बुमरहरुको जीवन सजिलो थियो। इतिहासकै ठूलो आर्थिक वृद्धिको बेला हामी ठूला भयौँ। उनीहरुका छोरा नाति, मिलिनियल पुस्ता, जो १९८२ पछि जन्मिए, र अर्को इन्टरनेट पुस्ता जो १९९५ पछि जन्मिए, उनीहरुका लागि आगामी बाटो निकै कठिन छ। मिलिनियल पुस्ताका धेरै व्यक्तिहरु बेरोजगार वा कम रोजगार मात्र हुँदैनन, उनीहरुमध्ये धेरै जनाले आफ्नो युवा अवस्था ठूलो विद्यार्थी ऋणबाट शुरु गर्नेछन्। उनीहरुको भागमा धेरै राष्ट्रिय ऋणको भार पनि पर्नेछ, उनीहरुका आमाबुबा, हजुरआमा हजुर बुबा र जिजुवा जिजुमाले छोडेको आर्थिक क्षति।

मुद्रास्फितिको प्रक्रियालाई निरन्तरता दिँदै, सरकारले आफ्ना नागरिकहरुको सम्पत्ती वा सम्पत्तीको महत्वपूर्ण हिस्सा गोप्य तरिकाले जफत गर्न सक्छ,’ जोन म्यानर्ड किन्स।

‘मुद्रास्फितिले बचतलाई नष्ट गर्छ, योजनामा अवरोध सिर्जना गर्छ र लगानीलाई निरुत्साहित गर्छ। त्यसको मतलब कम उत्पादकत्व र एक कम स्ट्याण्डर्डको जीवन,’ केभिन ब्राडे

याद राख्नुस्ः बैंकिङ्ग प्रणाली पैसा छाप्नमा आधारित छ। यसलाई फ्रयाक्सनल रिजर्भ सिस्टम भनिन्छ। अर्थात, एक बचतकर्ताले बचत गर्ने एक डलरबाट बैंकले त्यसको धेरै ऋण दिने अनुमति प्राप्त गर्दछ। यदि फ्रयाक्सनल रिजर्भ १० प्रतिशत छ भने एक बैंकले १० डलर बचत बापट ९ डलर ऋण प्रवाह गर्न सक्छ। जब ९ डलर ऋणीहरुको खातामा जन्छ, तब ऋणीको बैंकले ८.१० डलर कर्जा प्रवाह गर्न सक्छ। तितो सत्य के हो भने, बचतमा मात्र १ डलर वास्तविक पैसा छ। त्यसैले, यदिन बचतकर्ता डरा एभने बैंकहरुले आफ्ना बचतकर्ताहरुको पैसा फिर्ता गर्न सक्दैनन्।

कारण ३ः रियल एसेट्सले धनीलाई अझ धनी बनाउँछ।

एमेजनका संस्थापक जेफ बेजोस अरबपति हुन्। के तपाईलाई लाग्छ उनी विलियन डलर पे चेक पाएका कारण अरबपति भएका हुन्? बेजोसको वार्षिक तलब १.७ मिलियन डलर (कम पनि हुन सक्छ) भएपनि, उनलाई संसारकै धनी व्यक्ति भनिनुमा एक कारण छ। उनको नेटवर्थले आकाश छोएको छ, किनभने उनीसँग एमेजनको ८० मिलियन शेयर छ।

हरेक वर्ष लाखौ कर्मचारीहरुको अरबौँको चेकबाट ४०१ के र रिटायरमेन्ट प्लान मार्फत केही हिस्सा एमेजनको स्टकमा गइरहेको छ। जेफको तलब त्यही नै भइरहेपनि उनी अझ धनी हुँदैछन्।

पाठः ‘क्यास’ र ‘फ्लो’ पैसाको विश्वमा सबैभन्दा महत्वपूर्ण दुई शब्द हुन्। हरेक महिना, विश्वका आमा तथा बुबाहरुको रिटायरमेन्टबाट विश्वका धेरै जेफ बेजोसको खल्तीमा पैसा गइरहेको छ।

कारण ४ः क्र्यासहरुले धनीलाई झन् धनी बनाउँछ

जब मार्केट क्र्यास हुन्छ, यो अहिले पनि हुन्छ, तब, गरिब तथा मध्यम वर्गकाहरु सोत्तर हुन्छन्। जब मार्केट क्र्यास हुन्छ, तब धनीहरु पैसा सापट लिन्छन् र कर्मचारीहरुको शेयर मोलतोल गरी आधारमूल्यमा खरिद गर्छन्।

कारण ५ः रबर चिकेन डिनर

यदि पेन्सन फण्डहरु ब्रोक भ एभने धनीहरु कसरी धनी हुन्छन्? खेलको नाम हो ‘एसेट्स अन्डर म्यानेजमेन्ट’। सबैजना चक्रिय ब्याजदरको फाइदाको कुरा गर्छन, तर निकै कमले मात्रै चक्रिय फिहरुको खतराबारे उल्लेख गर्छन्। एजेन्टहरुलाई पार्टनरको रुपमा व्यवहार गर्नुहोस्, रियल स्टेट ब्रोकरको रुपमा होइन।

यदि घर बहालमा दिने सम्पत्ती हो र त्यसले तपाईको खल्तीमा पैसा हालिरहेको छ भने, त्यो घर वास्तविक सम्पत्ती हो। यदि त्यो घरले तपाईको खल्तीबाट पैसा झिकिरहेको छ भने त्यो दायित्व हो। र त्यही कुरा लेखक र रिच ड्याडको छोराले सिकेका थिए।

एसेट्सले तपाईको खल्तीमा पैसा हाल्छ। लायबिलिटिजले खल्तीबाट पैसा निकाल्छ।

यदि बैंकले तपाईको घरलाई तपाईको एसेट भन्छ भने, उसले झुठ बोलेको होइन। उसले मात्र साँचो नबोलेको हो। उसले के भन्दैन भने त्यो घर बैंकको सम्पत्ती हो, तपाईको होइन।

त्यही कुरा बचत, स्टक, बण्ड, म्युचुअल फण्ड, इटिएफ र रिटायरमेन्ट योजनामा पनि लागु हुन्छ। ति सबै फेक एसेट हुन् किनभने त्यसबाट चक्रिय शुल्क र खर्चको मार्फत धनीहरुको खल्तीमा पैसा जान्छ।

तपाईले मात्र पैसासँगै बग्नुपर्छ, र तपाईले पैसा बगिरहेको देख्नुहुनेछ। भ्यानगार्ड फण्ड्सका दिग्गज लगानीकर्ता जोन बग्ले भन्छन्, ‘लगानीकर्ताहरु शतप्रतिशत पैसा हाल्छन्, शतप्रतिशत जोखिम लिन्छन् र प्रतिफलको ३३ प्रतिशत मात्र प्राप्त गर्छन।’

र यदि म्युचुअल फण्ड क्र्यास भयो भने लगानीकर्ताले शतप्रतिशत गुमाउँछन्। यदि म्युचुअल फण्डले पैसा कमाउन सक्यो भने, लगानीकर्ताले प्रतिफलको २० प्रतिशत पाउँछन्, बाँकी ८० प्रतिशत म्युचुअल फण्ड धनीहरुले पाउँछन्।

अध्याय १६ः सफा पानीमा माछा मार्नुः गलत समाचार र पारदर्शिता

पूँजीबाद सरकारमा, सरकारी आयोजनाहरुमा लगानी गर्न प्रजातन्त्रले तपाई र मजस्ता पार्टनर चाहन्छन्। कम्यूनिष्ट सरकार केन्द्रित हुन्छ र अधिकांश पूँजी योजनाहरु सरकारी अधिकारीहरु र त्यसपछि उनीहरुका बच्चाहरुले चलाउँछन्।

अमेरिकामा, ‘फ्रि मार्केट इकनोमी’ को अर्थ साधारण व्यक्ति र नागरिक उद्योगीहरुलाई सरकारले चाहेको आयोजना र करबाट गर्नुपर्ने आयोजनाहरुमा लगानी गर्न उत्साहित गर्नु हो।

आवासको लागि कर प्रोत्साहन

उदाहरणका लागि, आवास प्रदान गर्न सरकारलाई उद्यमीहरुको आवश्यकता पर्दछ। त्यसैले, रियल स्टेट लगानीकर्ताहरुका लागि ‘ह्रासकट्टी’ प्रोत्साहन ल्याइएको हो।

जागिरको लागि कर प्रोत्साहन

सरकारले नागरिकहरुलाई जागिर पनि दिनुपर्छ। त्यसैले, बी क्वाडरेन्टका ५०० भन्दा बढी कर्मचारीहरु भएका उद्योगीहरुल कम कर तिर्छन्।

ठूला व्यवसायले सानालाई तान्छ, जसको अर्थ धेरैभन्दा धेरै रोजगारी, अर्थात धेरै हाउजिङ्ग, धेरै स्कुल, धेरै सरकारी कर्मचारी र शहर तथा राज्यका सरकारलाई धेरै कर।

शक्ति कर प्रोत्साहन

खाना कर प्रोत्साहन

प्रोत्साहन–लुपहोल हाइनन्। कर र कर प्रोत्साहन पूँजीवादको इन्धन हो। असफलताको अर्को पाटो सफलता हो। डक्टर, अधिवक्ता, एक व्यापार वा उच्च तलब अधिकारी बन्नका लागि स्कुल जानुपर्छ। तर, सफल उद्यमी र लगानीकर्ता बन्नका लागि स्कुल जानु पर्दैन।

एक धनी व्यक्तिहरुले आफ्ना सन्तानलाई पैसाको बारेमा जे सिकाउँछ, त्यो गरिब तथा मध्यम वर्गियले सिकाउछ।

वित्तीय स्वर्गका धेरै ढोका छन् र वित्तीय नरकका झन् धेरै छन्। सुचनाले नै धनीलाई धनी बनाउँछ। सूचना स्कुलहरुमा सिकाइँदैन। स्कुलमा जे सिकाइन्छ, त्यसको चित्र यहाँ देखाइएको छ।

यो नै स्कुलमा विद्यार्थीहरुलाई सिकाइन्छ। पैसा कहाँबाट कहाँ फ्लो भइरहेको छ, याद गर्नुस्। ऋण एक भरिएको बन्दुक हो। भरिएको बन्दुकले तपाईलाई बचाउन पनि सक्छ र मार्न पनि सक्छ।

अध्याय १७ः अमेरिकी डलरको अन्त्य? बुम, बुस्ट, क्र्यास, कोल्याप्स?

कम्यूनिजम र क्यापिटलिजम बीचको भिन्नता

कम्यूनिजमः केन्द्रित सरकारमा आधारित

क्यापिटलिजमः केन्द्रिय बैंकहरुमा आधारित

केन्द्रिय बैंकहरुलाई सुन मन पर्दैन किनभने बैंकले सुन छाप्न सक्दैनन्। उनीहरुलाई बिटक्वाइन र ब्लकचेन पनि मन पर्दैन किनभने त्यसका लागि केन्द्रिय बैंकको आवश्यकता पर्दैन। केन्द्रिय बैंकले सरकारी पैसा छाप्छ। सरकारी पैसाको कुनै इमानदारिता हुँदैन। भगवानको पैसा र मानिसको पैसामा केन्द्रिय बैंकको पैसाभन्दा धेरै इमानदारिता हुन्छ।

वास्तविक कुरो

सरकारी पैसाको वास्तविक कुरो भनेको एक शब्द होः आत्मविश्वास। जबसम्म हाम्रो सरकार र केन्द्रिय बैंकहरुमा मानिसहरुको आत्मविश्वास हुन्छ, डलर, येन, पेसो, युरो जस्ता नक्कली सरकारी पैसाहरु सुरक्षित छन्। अन्तिम कुरो विश्वास हो। जब त्यो विश्वास हराउँछ, सरकारी पैसा मूल्यहिन हुन्छ, डलर कोल्याप्स हुन्छ अनि पहिरो आउँछ, आफ्नो बाटोमा भएको सबै नष्ट गर्दै।

पैसाको बारेमा रिच ड्याडको परिभाषाः ‘पैसा एक विचार हो जसलाई आत्मविश्वासले टेवा दिएको हुन्छ, र जसलाई साँच्चीकै काम गरेर कमाइएको हुन्छ र सटासाट गर्न सकिन्छ।’ मूर्खको हातमा, ऋण विनाशकारी बन्छ।

ठूला बैंक र वाल स्ट्रीटको खेल, ‘हेड मैले जितेँ, टेल तिमीले हार्यौ।’

१९१३ मा यसको सिर्जनादेखि, डलरको क्रयशक्तिलाई कायम राख्नका लागि सबैभन्दा महत्वपूर्ण फेड जनादेश रहेको छ, यद्यपि, १९१३ देखि डलरले आफ्नो भ्यालुको ९५ प्रतिशत गुमाइसकेको छ। त्यो बेला एक डलरले खरिद गर्न सक्ने वस्तु अहिले खरिद गर्न २० डलर आवश्यक पर्दछ।

कागजको पैसा अन्ततः आफ्नो आन्तरिक मूल्य–शून्यमा फर्किन्छ (भोल्टायर १६९४–१७७८)

बिना कुनै प्रतिबन्ध या सीमा ठूलो परिमाणमा धन बनाउने आधारमा केन्द्रिय बैंक सरकारको तुलनामा अधिक शक्तिशाली भइसकेको छ।

डाक्टर र औषधी फेक हेल्थ हो र भित्री आध्यात्म वास्तविक हेल्थ हो। धेरै मानिसहरु वित्तीय आनन्द खोजिरहेका छन् उपचार होइन। अधिकांश मानिसहरु धन कमाउने सजिलो बाटो चाहन्छन् जसका कारण उनीहरुले वास्तविक पैसाको चिन्ताबाट ठूलो धन र आनन्द कहिल्यै प्राप्त गर्न सक्दैनन्।

तपाईको आध्यामिक स्वस्थ्य बिमारीमा भेटिन्छ। तपाईको आध्यामिक सम्पत्ती गरिबीमा भेटिन्छ। तपाईको आध्यात्मिक खुसी निराशामा भेटिन्छ।

पाठः तपाईको पिडा, कमजोरी, अन्धकार हुनुमा नै तपाईको वास्तविक आध्यात्म भेटिन्छ।

comments powered by Disqus

अटोमेटेड इडिआइएस लागू गर्नु पर्ने लगानीकर्ताहरुको माग

Jan 20, 2021 05:05 PM

सुधा देवकोटा
शेयर बजारमा अब अटोमेटेड इडिआइएस हुनुपर्ने आवाज उठ्न थालेको छ । अहिलेको बढ्दो बजारमा लगानीकर्ता दिन प्रतिदिन क्लोजआउटमा पर्ने समस्या विकराल रुपमा बढेसँगै यो विषय उठ्न थालेको हो । महामारीको रुपमा विश्वलाई त्रसित बनाएको कोभिड–१९ ले नेपाली शेयर बजारलाई डिजिटलाईज गर्नमा ठूलो योगदान पुर्याएको छ ।