भारतीय शेयर बजार ऐतिहासिक उचाईमा, सेन्सेक्स पहिलो पटक ५० हजार नजिक

Jan 11, 2021 11:53 AM Merolagani



भारतीय शेयर बजारमा बढोत्तरीको क्रम जारी रहेको छ। योसँगै सोमबार भारतीय शेयर बजार परिसूचक सेन्सेक्स र निफ्टी दुवै हालसम्मकै उच्च स्तरमा पुगेका छन्। 

सेन्सेक्सले पहिलो पटक ४९ हजारको स्तर पार गरेको छ। उच्च बढोत्तरीका साथ खुलेको सेन्सेक्स ४२५.३५ अंकको बढोत्तरीका साथ ४९ हजार २०७.८८ विन्दुमा कारोबार गरिरहेको छ। यद्यपी सुरुवाती कारोबारमा उक्त इण्डेक्सले ४९ हजार २६० को विन्दु छोएको थियो।

यसैगरी यसदिन निफ्टी इण्डेक्स पनि ९७.४५ अंकको बढोत्तरीका साथ १४ हजार ४४४.७० को विन्दुमा पुगेर कारोबार गरिरहेको छ।

बजारमा उच्च बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १९६.७४ लाख करोड रुपए नाघेको छ।

कोरोना भ्याक्सिनसँग सम्बन्धित सकारात्मक अपडेट, अमेरिकामा नयाँ राहत प्याकेजको अपेक्षा लगायतका कारण भारतीय शेयर बजार उच्च रुपमा बढ्न पुगेको बताइएको छ। एजेन्सी 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।