भारतीय शेयर बजार ऐतिहासिक उचाईमा, सेन्सेक्स पहिलो पटक ५० हजार नजिक

Jan 11, 2021 11:53 AM Merolagani



भारतीय शेयर बजारमा बढोत्तरीको क्रम जारी रहेको छ। योसँगै सोमबार भारतीय शेयर बजार परिसूचक सेन्सेक्स र निफ्टी दुवै हालसम्मकै उच्च स्तरमा पुगेका छन्। 

सेन्सेक्सले पहिलो पटक ४९ हजारको स्तर पार गरेको छ। उच्च बढोत्तरीका साथ खुलेको सेन्सेक्स ४२५.३५ अंकको बढोत्तरीका साथ ४९ हजार २०७.८८ विन्दुमा कारोबार गरिरहेको छ। यद्यपी सुरुवाती कारोबारमा उक्त इण्डेक्सले ४९ हजार २६० को विन्दु छोएको थियो।

यसैगरी यसदिन निफ्टी इण्डेक्स पनि ९७.४५ अंकको बढोत्तरीका साथ १४ हजार ४४४.७० को विन्दुमा पुगेर कारोबार गरिरहेको छ।

बजारमा उच्च बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १९६.७४ लाख करोड रुपए नाघेको छ।

कोरोना भ्याक्सिनसँग सम्बन्धित सकारात्मक अपडेट, अमेरिकामा नयाँ राहत प्याकेजको अपेक्षा लगायतका कारण भारतीय शेयर बजार उच्च रुपमा बढ्न पुगेको बताइएको छ। एजेन्सी 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।