नागरिक लगानी कोषको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

Jan 12, 2021 08:00 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले आज (पुस २८ गते) देखि हकप्रद निष्काशन तथा बिक्री खुला गरेको छ। कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन ग खुला गरेको हो।

कोषले १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो।

कोषको हकप्रदमा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट माघ १९ गते सम्म आवेदन दिन सकिनेछ।

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।