लगातार घटेको सुनचाँदीको मूल्य मंगलबार वृद्धि, ताेलाकाे कति ?

Jan 12, 2021 12:56 PM Merolagani



लगातार घटेको सुनको मूल्य फेरि वृद्धि भएको छ । सुन २८ गते, मंगलबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।