लगातार घटेको सुनचाँदीको मूल्य मंगलबार वृद्धि, ताेलाकाे कति ?

Jan 12, 2021 12:56 PM Merolagani



लगातार घटेको सुनको मूल्य फेरि वृद्धि भएको छ । सुन २८ गते, मंगलबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।