कर्जाको ब्याजदर अझै १ प्रतिशत झर्ने सम्भावना देखिएको छ: शेरचन

Jan 13, 2021 08:16 AM Merolagani

बैंकबाट लिइने ऋणकाे ब्याजदर अझै घटने संकेत देखिएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) पर्याप्त मात्रमा हुने सम्भावना पछिसम्म देखिएकाले ऋणको ब्याजदर अझै घटने संकेत देखिएको हो।

सरकारले विकास निर्माणका लागि छुट्टाइएको रकम विस्तारै खर्च हुँदै जाने क्रम बढेको र त्यस्तो रकम बैंकिङ प्रणालीमा आउने संकेत देखिएका कारण बजारमा तरलताकाे कमी नहुने र कर्जाको ब्याजदर पनि अझै घटने सम्भावना रहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेरो लगानीलाई बताए।

‘विकास निर्माणले गति लिन थालेकाले बैंकिङ प्रणालीमा रकमको कमी नहुने भएकाले पनि ब्याज घटाएर लगानी गर्न बैंक बाध्य हुने अवस्था आएको छ,’ उनले भने, ‘ऋणको ब्याजदर अझै १ प्रतिशत झर्ने सम्भावना देखिएको छ।’

बैंकबाट लिइने कर्जाको ब्याजदर घटने सम्भावना देखिएपछि शेयर बजार उकालो लाग्न पुगेको छ। केही महिना अघिसम्म ११०० अंक नजिक रहेको नेप्से म‌‌गलबजारसम्ममा २२६७ अंकमा आइपुगेको छ। हिजाे मात्र पनि नेप्सेमा २८.३१ अंकको सुधार आएको छ।

बैंकहरुले अहिले पनि शेयर धिताेमा कर्जा लगानी गरिरहेका छन्। ‘शेयर बजारमा ऋणको माग बढेको छ,’ उनले भने, ‘ऋण लगानी पनि बढेपछि शेयर बजार अझै उचाइमा पुग्ने संकेत देखिएको छ।’

शेयर बजार बाहेक अन्य क्षेत्रमा पनि ऋण जान थालेको शेरचनले बताए। ‘पछिल्लो समय उद्योग, व्यापार, होटल र शेयर बजार धितो राखेर कर्जा लिने थालेका छन्,’ उनले भने, ‘ऋणको ब्याजदर कम भएका कारण ऋण लिएर लगानी गर्ने बढेका हुन्।’

बैंकिङ प्रणालीमा तरलता बढ्ने संकेत देखिएसँगै ऋणको ब्याजदर मात्रै होइन, निक्षेपको ब्याजदर पनि तल झर्ने सम्भावना देखिएको छ।

केही बैंकहरुले माघ १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेका छन्। नयाँ ब्याजदर अनुसार, निक्षेप र ऋणको ब्याज अझ घट्ने देखिएको हो।

सेञ्चुरी बैंक, नेपाल एसबीआइ बैंक र सिभिल बैंकले माघ १ गतेबाट लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सेञ्चुरी बैंकले बचतको ब्याज २.५ प्रतिशतदेखि ४.५ प्रतिशत तय गरेको छ। उक्त बैं‌कले मुद्दती तर्फको ब्याज पनि ७ देखि साढे ७.५ प्रतिशतसम्म राखेको छ।

एसबीआइ बैंकको ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याज सर्वसाधारणतिर ४ प्रतिशत तय गरेको छ। तर संस्थागत र विदेशी कुटनीतिक निकायको ५  बाट ४ प्रतिशतमा झारेको छ। १ देखि २ वर्ष अवधिको संस्थागततिरको ब्याज ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ। बचतको ब्याज ३ देखि १.५ प्रतिशतमा राखेको छ।

एसबीआइ बैंकले आधारदर घटाएको छ। असोजमा ८.३७ प्रतिशत रहेको आधार दर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ। स्प्रेड ३.९४ बाट ३.८२ प्रतिशतमा झरेको छ।

यसैगरी, सिभिल बैंकले ३ देखि ५ प्रतिशत रहेको बचतको ब्याज ३ प्रतिशतमा, मुद्दती निक्षेपको ब्याज ८.५ प्रतिशतबाट ८ प्रतिशतमा झारेको छ।

पछिल्लो समय आधार दर घट्दै गएकाले कर्जा र निक्षेपको ब्याजदर पनि घटने सम्भावना देखिएको हो। कर्जाको ब्याजदर घट्ने सम्भावनासँगै शेयर बजारमा अझै उकालो लाग्ने सकेंत देखिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।