अर्थमन्त्रालय र राष्ट्र बैंक धाउँदा धाउँदा हैरान भए व्यवसायी, बैंकर भन्छन्, 'कुनै गुनासो आएको छैन'

Jan 20, 2021 02:54 PM Merolagani



कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने अवधि लम्ब्याउन व्यवसायीहरु अर्थ मन्त्रालय र राष्ट्र बैंक धाउन थालेका छन्। उनीहरु अहिले व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आइ नसकेकोले तत्काल कर्जा तिर्न नसक्ने भन्दै अर्थमन्त्री र गभर्नरलाई भेट्न पुगेका हुन्। 

व्यवसायीहरु अर्थ मन्त्रालय र राष्ट्र बैंक धाउँदा धाँउदा हैरान भएपनि बैंकहरुले भने अहिले ग्राहकहरुलाई त्यस्तो समस्या नरहेको बताएका छन्। ग्राहकहरुलाई कुनै समस्या भए गुनासो गर्न सकिने व्यवस्था भएपनि अहिलेसम्म कुनै लिखित गुनासो नआएको बैंकर्स एसाेशियसनका अध्यक्ष भुवन दाहालले बताए।

"हामीले ग्राहकहरुलाई कुनै पनि गुनासो भए भन्नुहाेस् भनिरहेका छौं। तर अहिलेसम्म कुनै लिखित गुनासो आएको छैन," दाहालले भने "हाम्रा ग्राहकहरुमा त्यस्तो समस्या छ जस्तो लाग्दैन।" 

तर उद्योग वाणिज्य महासंघले भने यसअघि थप गरिएको किस्ता तिर्ने समय अपर्याप्त भएको र अधिकांश व्यवसायीहरू बैंकको कर्जा तिर्न सक्ने अवस्थामा नरहेको भन्दै म्याद थप्न आग्रह गर्दै आएको छ।

पुस ५ गते महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर पुस मसान्तकाे किस्ता तिर्ने अवधि आगामी चैत मसान्तसम्म लम्ब्याउन आग्रह गरेकाे थियाे। महासंघले अहिले अर्थतन्त्रमा केही सुधार भएपनि राष्ट्र बैंककै अध्ययनले ५४ प्रतिशत व्यवसाय मात्र संचालनमा आएको देखाएको र संचालनमा रहेका अधिकांश व्यवसायले पनि बजारमा माग नबढेर अझै नगदको अभाव झेलिरहेका कारण कर्जा तिर्ने अवधि थप गर्न आग्रह गरेको हो। 

यसअघि महासंघकाे टाेलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर किस्ता तिर्ने अवधि लम्ब्याउन आग्रह गरेकाे थियाे। तर बैंकहरुमा भने अहिले कर्जा तिर्न नसक्ने भनेर कुनै गुनासो नआएको बैंकरहरु बताउछन्।

"हामीकहाँ त्यस्तो समस्या आएको छैन। हामी ग्राहकहरुसँग संबादमा नै छौ, "दाहालले भने "केहि को फाट्टफुट्ट समस्या हाेला । केहि गुनासो छ भने पाँउ भनेका थियौ तर लिखित रुपमा कुनै गुनासो आएको छैन्।" 

अहिले बैंकहरुले राष्ट्र बैंकले भने अनुसारकाे छुट सुविधाहरु दिइरहेको उनको दाबी छ।

यसअघि केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकका ऋणीहरुलाई अति प्रभावित मध्यम प्रभावित र न्यून प्रभावित गरी ३ बर्गमा विभाजन गरी कर्जाको साँवा र ब्याज तिर्ने अवधि थप गरेको थियो।

केन्द्रिय बैंकको वर्गीकरण अनुसार न्यून प्रभावितलाई साँवा ब्याज तिर्न पुस मसान्तसम्मको अवधि थपिदिएको थियो भने मध्यम प्रभावित र अति प्रभावित व्यवसायीले भने क्रमशः चैत मसान्त र असार मसान्तसम्मको समय पाएका छन्।

बर्गिकरण अनुसार न्यून प्रभावित देखिएका व्यावसामयीहरुले मात्रै पुस मसान्तमा किस्ता तिर्नुपर्ने भएको हो। कोरोनाबाट बढी प्रभावित भएका व्यवसायीहरुलाई भन केन्द्रिय बैंकले अझै लामो समय दिएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।