चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनालाई ११ कित्ता शेयर, १० लाख ७१ हजार आवेदकको हात खाली

Jan 22, 2021 10:52 AM Merolagani



चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन्।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

आईपीओकाे नतिजा केहीबेरपछि मेराेलगानीमा हेर्न सकिनेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।