नेप्से र कारोबार रकम दुबैमा नयाँ रेकर्ड, एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 24, 2021 03:24 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड कायम भएको छ। हालसम्मकै उच्च भोल्यूम सहित नेप्से अलटाइम हाइ विन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु (हाइ क्लोजिङ्ग पोइन्ट) हो। त्यसैगरी, यस दिन हालसम्मकै उच्च रकमको कारोबार भएको छ। यस दिन २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस अघि गत मंसिर १४ गते नेप्सेमा सर्वाधिक ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक बढेर ४५२.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंक बढेको छ।

एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्सेले नयाँ उचाई कायम गरेसँगै एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, गुराँस लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

नेपाल लाइफको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

११ उपसमूहको परिसूचक बढ्यो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.६९ प्रतिशत बढेको हो। गत साता सर्वाधिक बढेको व्यापार उपसमूहको परिसूचक भने यस दिन २.४७ प्रतिशत घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।