डेढ अर्ब बढीको कारोबार हुँदा नेप्से करिब स्थिर, धौलागिरी लघुवित्तको शेयर सर्किट लेभलमा कारोबार

Dec 04, 2022 03:22 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से करिब स्थिर भएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.१६ अंक बढेर १९६३.२२ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।

यस दिन २४३ स्टकको २६ हजार १५० पटकको कारोबारमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको ३६ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से झिनो अंक बढेपनि धौलागिरी लघुवित्तको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ९.९८ प्रतिशत अर्थात २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ओरियन्टल होटल र खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.११ प्रतिशत घटेको छ। त्यसैगरी, नबिल बैंकको शेयरमूल्य करिब साढे ३ प्रतिशत घटेको छ भने अन्य स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सर्वाधिक शेयरमूल्य घटेको नेष्डो समृद्ध लघुवित्तको भने यस दिन ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ भने होटल तथा पर्यटनको १.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.६१ प्रतिशत घटेको छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।