२०२ स्टकको मूल्य घट्दा साढे २४ अंक घट्यो नेप्से, रिडी पावरको सर्वाधिक कारोबार

Dec 05, 2022 03:19 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन भने साढे २४ अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ।

यस दिन २४० स्टकको २६ हजार ४७५ पटकको कारोबारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २०२ स्टकको मूल्य घटेको छ भने २७ स्टकको मूल्य बढेको छ।

शेयरमूल्य बढेका २७ स्टकको मूल्य वृद्धिदर भने न्यून रहेको छ। यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ। जुन अन्य स्टकको मूल्य वृद्धिदरभन्दा बढी हो। कारोबारमा आएको अजोड इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २० करोड २३ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।