नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

Nov 29, 2022 03:20 PM Merolagani

मंगलबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १५.६१ अंक घटेर बन्द भएको नेप्से, यस दिन २.९९ अंक बढेर १९५३.३५ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ।

नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३४ स्टकको १८ हजार ३६ पटकको कारोबारमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको २५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया सेलेक्ट फण्ड ३०, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ४.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर खरिबबिक्री भएको छ।

मंगलबार १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।