विद्युत बिक्री आम्दानीसँगै सानिमा माइ हाइड्रोपावरको नाफामा सुधार

Feb 04, 2021 12:29 PM Merolagani



सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार भएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार भएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ५२ करोड ७६ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २१ पैसा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५९ करोड ९ लाख रुपैयाँ सञ्चित छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।