इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउने, कहाँ पुग्याे सूचीकरण प्रकृया?

Feb 07, 2021 03:39 PM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर यहि साताबाट कारोबारमा आउने भएको छ। बैंकको शेयर सूचीकरणको सबै प्रकृया सकिएर नेप्से पुगेको छ। त्यस अनुसार बैंकको शेयर अब नेप्सेमा सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउने भएको हो।

बैंकको शेयर सूचीकरणका आवश्यक सबै कागजपत्र आइसकेको नेप्सेले जनाएको छ। उक्त कागजपत्र अध्ययन गरेपछि सूचीकरणका लागि सम्झौता हुनेछ। नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धि सम्झौता भएपछि शेयर सूचीकरण भएको एक दिन पनि कारोबार शुरु हुनेछ।

यसै साता देखि नै कारोबारमा आउने गरि नेप्से सूचीकरण हुने नेप्सेले जनाएको छ।

बैंकको शेयर भने शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको छ। बैंकको शेयर निफ्रा (NIFRA) कारोबार संकेतमा जम्मा भएकाे हाे।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।