माउन्टेन इनर्जीको नाफा सामान्य बढ्यो

Feb 09, 2021 10:21 AM Merolagani



माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट आएपनि खर्च नियन्त्रण गर्दा नाफामा सुधार देखिएको हो।

यस आवको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ३७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड ९८ लाख रुपैयाँबाट घटेर १ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको नाफामा सुधार देखिएको हो।
१ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३४ करोड २३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको नाफामा सामान्य सुधार भएपनि प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ रुपैयाँ २१ पैसा रहेको यस कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८५ पैसामा झरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १३४.९७ गुणा रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।