प्रि ओपन सेसन अपडेटः ६ अंक घट्यो नेप्से

Mar 03, 2021 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५९.७० अंक घटेर २४५५.३३ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ६.०२ अंक घटेर २४४९.२३ विन्दुमा झरेको हो।

यस दिन सो सेसनमा २४ कम्पनीको २६ लाख ४८ हजार १९० रुपैयाँ बराबरको २ हजार ७६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीहरुको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।