पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ३

Mar 03, 2021 06:15 PM Merolagani



हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा अघिल्लाे सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै अाएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ तेस्राे भाग प्रस्तुत गरिएकाे छ।

अध्याय २ः भाग्य र जोखिम

अथक प्रयासले नतिजा निर्धारण गर्दछ। भाग्य र जोखिम प्रायः व्यक्तिगत परिणामहरुमा देखिन्छ।

बिल गेट्सको कथाः १९६८ मा गेट्सले विश्वमै कम्प्यूटर भएको एक मात्र उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए। यदि शिक्षक बिल डगलले ३ हजार डलर बराबरको टेलिटाइप कम्प्यूटर किन्ने प्रयास नगरेका भने, के गेट्सले आफ्नो करियर सफलताको आनन्द लिने सक्थे?

गेट्स आफै पनि यो कुरा स्वीकार्छन्, ‘यदि लेकसाइड (विद्यालय) नहुँदो हो त, अहिले माइक्रोसफ्ट पनि हुँदैन थियो।’

लेकसाइडमा तीन कम्प्यूटर विद्यार्थीहरु थिए, बिल गेट्स, पल एलन र केन्ट इभान्स। केन्ट इभान्सको नियतिमा पनि सफलता थियो तर स्नातक हुनुअघि पर्वतारोहण दुर्घटनामा उनको असामयिक निधन भयो। यसलाई दुर्भाग्यको एक उदाहरणको रुपमा प्रयोग गर्न सकिन्छ।

जोखिम र भाग्य दुबै वास्तविकता हो कि जीवनमा हरेक परिणाम व्यक्तिगत प्रयास बाहेक अन्य शक्तिहरुद्वारा पनि निर्देशित हुन्छ..... यी दुबै हुनसक्छन् किनभने तपाईको शतप्रतिशत कार्यको लागि शतप्रतिशत प्रतिफल दिन संसार एकदमै जटिल छ। आफुले सचेत भएका गर्ने कार्यभन्दा पनि आफ्नो नियन्त्रणभन्दा बाहिरको कार्यहरुको आकस्मिक प्रभाव परिणाममा धेरै पर्न सक्छ। कुनै एक व्यक्ति विशेष वा केस स्टडीमा केन्द्रित हुनुभन्दा फराकिलो प्याटर्नहरुमा केन्द्रित हुनुहोस्। चरम परिणामहरुको सम्भावना निकै कम हुन्छ। यस्ता नतिजा ंप्राप्त गरिसकेका हरुले सिकेका पाठहरु प्रयोग गर्नु सँधै सबैको लागि सहयोगी हुँदैन किनभने जोखिम र भाग्य जस्ता बाह्य शक्तिहरुले गहिरो र अपरिवर्तनिय भूमिक खेल्न सक्छन्।

यसको सट्टा फराकिलो प्रतिमानहरु हेर्नुहोस् जसले दिशात्मक अन्तरदृष्टि प्रदान गर्दछ। उदाहरणको लागि, ति मानिसहरु खुसी हुन्छन् जसले आफ्नो समय र शक्ति नियन्त्रण गर्न सक्छ।

अध्याय ३ः अपर्याप्तता

एकपटक लेखक कर्ट भोनेगत र जोशेफ हेल्लर अरबपतिले आयोजना गरेको पार्टीमा सहभागि भएको कथा। भोनेगतले भनेका थिए कि त्यो अरबपतिले एक दिनमा त्यति पैसा कमाउँछ जति हेल्लरले आफ्नो सबैभन्दा प्रख्यात उपन्यासबाट कमाएको थियो। त्यसमा प्रतिक्रिय जनाउँदै हेल्लरले भनेका थिए, ‘हो, तर मसँग त्यो छ जुन ऊसँग कहिल्यै हुँदैन, त्यो हो पर्याप्ता’।

रजत गु्प्ता र बेर्नी म्यादअफको उदाहरणः जोसँग सबथोक छ, ऊ अझै धेरै चाहन्छ। उनीहरुले आफुले आफैलाई बिगार्छन् किनभने उनीहरु निकै लोभी भए र कहिले रोकिने भन्ने नै थाहा भएन।
आफुसँग नभएको र आफुलाई नचाहिने चिजको लागि आफुसँग भएको र आफुलाई चाहिने चिजलाई जोखिममा हाल्नुपर्ने कुनै कारण छैन।

सबैभन्दा कठिन वित्तीय सीप भनेको अघि नबढ्नको लागि लक्ष्य भेट्टाउनु हो।

आफुलाई अरुसँग तुलना गर्दा प्रायः दोषी नै ठहरिन्छ। पूँजीवाद पैसा र ईर्ष्या दुबै निकाल्न पोख्त छ। तर, सामाजिक तुलना अन्त्यहीन प्रक्रिया होः त्यहाँ जहिले पनि कोही न कोही माथि हुन्छ।

पर्याप्तताको अर्थ तपाई खाली हात जानु होइन। पर्याप्तताको अर्थ पछि पछुताउनु पर्ने कुराहरु गर्नबाट कतिखेर नकार्ने भन्ने थाहा हुनु हो। लाभ भएपनि कतिपय चीजहरु जोखिमको लायक हुँदैनन्। छोटो सूची, प्रतिष्ठा, स्वतन्त्रता, परिवार र साथी, माया, खुशी।

जीतको एक मात्र तरिका भनेको खेल खेल्नबाट अलग रहनु हो।

अध्याय ४ः आश्चर्यजनक कम्पाउन्डिङ्ग

वारेन बफेटको भाग्यको सामान्य तथ्यः उनी राम्रा लगानीकर्ता मात्रै थिएनन्, उनी ७५ वर्षभन्दा बढी वर्षका लागि राम्रा लगानीकर्ता थिए।

बफेटका सबै सफलतालाई उनले आफ्नो युवा अवस्थामा निर्माण गरेको वित्तीय आधार र आफ्नो वृद्ध अवस्थासम्म कायम गरेकोसँग बाँध्न सकिन्छ। उनको सीप लगानी हो, तर उनको गोप्यता समय थियो।

राम्रो लगानी सँधै उच्च प्रतिफल कमाउनु मात्रै हुनुपर्छ भन्ने आवश्यक छैन। यो निकै राम्रो प्रतिफल आर्जन गर्ने बारेमा हो जसलाई तपाई सँधै साथ राख्न सक्नुहुन्छ र जसलाई लामो समयसम्म दोहोर्याउन सकिन्छ। त्यसपछि कम्पाउडिङ्गमा उछाल आउँछ।

अध्याय ५ः धनी हुनु भर्सेस धनी रहनु

धनी हुने धेरै उपायहरु छन्। तर, धनी रहिरहने एउटै मात्र उपाय छ, धैर्य र मितव्ययिताको संयोजनको माध्यमबाट।

सम्पत्ती कमाउनु र सम्पत्ती कायम राख्नु नितान्त फरक विषय हुन्। र यी दुबैको लागि नितान्त फरक दृष्टिकोण र रणनीति आवश्यक पर्दछ।

पैसा कमाउनका लागि जोखिम लिन, आशावादी हुन र आफुलाई त्यसमा डुबाउन सक्नुपर्छ।

त्यसको ठिक विपरित, पैसा कायम राख्न, विनम्रता र आफुले बनाएका चीजहरु आफुबाट चाँडै नटाढियोस् भन्ने डर हुनु आवश्यक छ।

माइकल मोरित्ज (भेन्चर क्यापिटलिस्ट) भन्छन्, ‘हामी मान्छौँ कि भोलिको दिन हिजोको जस्तो हुँदैन। हामी हाम्रो सफलतामा आराम गर्न सक्दैनौँ। हामी आत्म सन्तुष्ट हुन सक्दैनौँ। हामी हाम्रो हिजोको सफलता भोलिको राम्रो भाग्यमा परिणत हुन्छ भन्ने मान्न सक्दैनौँ।’

किनारामा हुनु र जीवित हुनु दुई भिन्न चीजहरु हुन्ः पहिलो हुनुका लागि दोस्रो हुनु आवश्यक छ। तपाईले विनाशलाई रोक्न सक्नुपर्छ। कुनै पनि हालतमा।

‘बाँच्न मनस्थिति’ का लागि तीन कुराहरुको आवश्यकता पर्दछः

आर्थिक रुपमा अटुट हुने उद्देश्य लिनुहोस्ः बजारको उतारचढावमा तिक्न सक्षम बन्नुहोस् र त्यही खेल तबसम्म खेलिरहनुस्, जबसम्म कम्पाउन्डिङ्गको जादुले काम गर्दैन।

योजना बनाउनुपर्ने महत्वपूर्ण कुराः योजनाहरु योजना अनुसार जाँदैन। राम्रो योजनाले गल्तीका लागि ठाउँहरु छोड्छ। कुनै योजना सही हुनको लागि तपाईलाई जति विशिष्ट तत्वहरुको आवश्यकता हुन्छ, त्यति तपाईको वित्तीय योजना नाजुक हुँदै जान्छ।

भविष्य प्रति आशावादी हुनुस् तर तपाईको सफलताको बाधाहरुको बारेमा सशंकित हुनुहोस्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।