पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ४

Mar 10, 2021 07:06 PM Merolagani

हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै अाएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ चाैथाे भाग प्रस्तुत गरिएकाे छ।

अध्याय ५ः धनी हुनु भर्सेस धनी रहनु

धनी हुने धेरै उपायहरु छन्। तर, धनी रहिरहने एउटै मात्र उपाय छ, धैर्य र मितव्ययिताको संयोजनको माध्यमबाट।

सम्पत्ती कमाउनु र सम्पत्ती कायम राख्नु नितान्त फरक विषय हुन्। र यी दुबैको लागि नितान्त फरक दृष्टिकोण र रणनीति आवश्यक पर्दछ।

पैसा कमाउनका लागि जोखिम लिन, आशावादी हुन र आफुलाई त्यसमा डुबाउन सक्नुपर्छ।

त्यसको ठिक विपरित, पैसा कायम राख्न, विनम्रता र आफुले बनाएका चीजहरु आफुबाट चाँडै नटाढियोस् भन्ने डर हुनु आवश्यक छ।

माइकल मोरित्ज (भेन्चर क्यापिटलिस्ट) भन्छन्, ‘हामी मान्छौँ कि भोलिको दिन हिजोको जस्तो हुँदैन। हामी हाम्रो सफलतामा आराम गर्न सक्दैनौँ। हामी आत्म सन्तुष्ट हुन सक्दैनौँ। हामी हाम्रो हिजोको सफलता भोलिको राम्रो भाग्यमा परिणत हुन्छ भन्ने मान्न सक्दैनौँ।’

किनारामा हुनु र जीवित हुनु दुई भिन्न चीजहरु हुन्ः पहिलो हुनुका लागि दोस्रो हुनु आवश्यक छ। तपाईले विनाशलाई रोक्न सक्नुपर्छ। कुनै पनि हालतमा।

‘बाँच्न मनस्थिति’ का लागि तीन कुराहरुको आवश्यकता पर्दछः

आर्थिक रुपमा अटुट हुने उद्देश्य लिनुहोस्ः बजारको उतारचढावमा तिक्न सक्षम बन्नुहोस् र त्यही खेल तबसम्म खेलिरहनुस्, जबसम्म कम्पाउन्डिङ्गको जादुले काम गर्दैन।

योजना बनाउनुपर्ने महत्वपूर्ण कुराः योजनाहरु योजना अनुसार जाँदैन। राम्रो योजनाले गल्तीका लागि ठाउँहरु छोड्छ। कुनै योजना सही हुनको लागि तपाईलाई जति विशिष्ट तत्वहरुको आवश्यकता हुन्छ, त्यति तपाईको वित्तीय योजना नाजुक हुँदै जान्छ।

भविष्य प्रति आशावादी हुनुस् तर तपाईको सफलताको बाधाहरुको बारेमा सशंकित हुनुहोस्।

अध्याय ६ः त्रिशुल, तपाई जित्नुभयो

चित्रकला संकलक हाइन्ज बर्गग्रुनको कथा। उनले पिकासो, ब्रेक्स, क्लेस र म्याटिसका अद्भुत संग्रह जम्मा गरे। मानिसहरु उनको यो कला देखेर आश्चर्यचकित थिए। वास्तविकता यो थियो कि उनले धेरै चित्रहरुको खरिद गरे। त्यसमध्ये केही मात्र अमूल्य थिए।

बर्गग्रुन अधिकांश समय गलत हुन सक्छन् र अन्त्यमा उनी सही सावित भए। कुनै पनि चीत जो विशाल, लाभदायक, प्रख्यात वा प्रभावशाली छ, त्यो सबै त्रिशुल घटनाको परिणाम हो, हजारौँ वा लाखौँ घटनाएका एक परिणाम।

यो भेञ्चर क्यापिटलको मोडल होः यदि उसले १०० लगानी गर्छ भने, ८० प्रतिशत असफल हुने प्रतिक्षा राख्दछ, एक मुट्ठीभरको राम्रो हुनसक्छन् र एक वा दुईले प्रतिफल दिन्छ।

स्टक मार्केटका विनर र लुजरहरुलाई हेर्नुहोस्ः अधिकांश पब्लिक कम्पनीहरु असफल हुन्छन्, केही ठिकठिकै हुन्छन्, केहीले मात्र असामान्य प्रदर्शनी गर्दछ।

जब तपाई व्यवसाय, लगानी र वित्तमा सबै कुरा त्रिशुलले निर्धारण गर्दछ भन्ने स्वीकार्नू हुन्छ, त्यसपछि तपाई धेरै कुराहरु गलत, असफल वा घट्नु सामान्य हो भन्ने मान्नुहुन्छ।

वारेन बफेटले सन् २०१३ मा बार्कशेयर हाथवेको शेयरधनीहरुको बैठकमा भनेका थिए कि उनले आफ्नो जीवनमा ४००–५०० विभिन्न कम्पनीहरुको शेयरको स्वामित्व ग्रहण गरेका छन्। तर राम्रो नाफा केबल मुट्ठीभरका कम्पनीहरुबाट मात्र भएः १०।

हामी आफ्नो जीवनमा घटेका घटनाहरु या गरेका कार्यहरुमध्ये केहीले मात्र राम्रो परिणाम दिएको देख्न सक्छौँ।

अध्याय ७ः स्वतन्त्रता

आफुले चाहेको समयमा आफुले चाहेको मानिससँग आफुलाई मन लागेसम्म आफुले चाहेको कुरा गर्न सक्ने क्षमता अमूल्य छ।

पैसाको सबैभन्दा ठूलो आन्तर्य मूल्य भनेको, यसले तपाईलाई तपाईको समयमा नियन्त्रण दिन सक्ने क्षमता हो।

अध्याय ८ः कार प्याराडक्समा मान्छे

जब तपाई कसैले राम्रो कार चलाइरहेको देख्नुहुन्छ, तपाई विरलै सोच्नुहुन्छ कि, ‘आहा, त्यो कार चलाइरहेको मान्छेको कति सान छ’। त्यसको सट्टा तपाई सोच्नुहुन्छ कि, ‘आहा मसँग त्यो कार भएको भए, मानिसहरुको अगाडि मेरो कति सान हुन्थ्यो।’ अवचेतना हो वा होइन, मानिस त्यस्तै सोच्दछ।
अर्को शब्दमा, जब हामी धनी भयौँ भन्ने भान हुन्छ, मानिसहरुले हाम्रो रुचि र प्रशंसा गर्नुपर्छ भन्ने सोच्छौँ। तर हुन्छ के भने मानिसहरु डाहाका कारण त्यो चिज कोसँग छ भन्ने कुरा बिर्सन्छन् र मात्र भएको कुरामा केन्द्रित हुन्छन्।

अध्याय ९ः सम्पत्ती त्यो हो जुन तपाई देख्न सक्नुहुन्न

एक लाख डलरको कार चढ्ने धनी हुन सक्छ। तर, मुख्य कुरा तपाई ऊसँग भएको एक लाख डलरको कार देख्नुहुन्छ न कि उसले त्यो कार खरिद गर्नुअघि गरेको दुःख।

सम्पत्ती त्यस्तो वित्तीय धन हो जुन तपाईले देख्नु स्वरुपमा परिवर्तन भएको हुदैन।

हाउसेल सम्झाउँछन् कि जब मानिसहरु आफु लखपति बन्न चाहन्छु भन्छन्, त्यसको वास्तविक अर्थ उनीहरु लाखौँ खर्च गर्न चाहेको हुन्छ। लाखौँ डलर खर्च गर्नु वास्तवमै लखपति बन्नुभन्दा ठिक विपरित कुरा हो।

धनी र समृद्ध बीचको फरकः

जो मानिसहरु ठूला घरमा बस्छन् र फेन्सी कारहरु चढ्छन्, उनीहरु धनी हुन्। आम्दानी धेरै भएका मानिसहरु धनी हुन्। उनीहरु आफु धनी भएको देखाउँछन्।

सम्पत्ती लुकेको हुन्छ। सम्पत्ती आम्दानी हो जुन बचाइएको हुन्छ, खर्च गरेको होइन। धन वैकल्पिकता, लचकता र वृद्धि हो। सम्पत्ती भनेको आफुलाई चाहेको वस्तु खरिद गर्न सक्ने क्षमता हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।