नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Mar 16, 2021 09:09 AM Merolagani



नेपाल बैंक लिमिटेड (NBL) ले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खरिदका लागि आज (चैत ३ गते) देखि शिलबन्दी बोलपत्र पेश गर्न सकिने भएको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको  ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले न्यूनतम १ हजार ५०२ रुपैयाँ ५० पैसा अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्। कम्पनीको शेयरमा चैत १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

लगानीकर्ताले शेयर खरिदको लागि बोलकबोल गर्दा न्युनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम नियामक निकायले एउटा संस्थाले खरिद गर्न पाउने भनी तोकेको अधिकतम संख्याको सीमाभन्दा बढी नहुने गरी बोलकबोल पेश गर्नुपर्नेछ।

शेयर खरिदको लागि परेको बोलकबोल आवेदन चैत १८ गते खोलिनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।