जर्मनी,इटली र फ्रान्स लगायत पाँच देशले एस्ट्राजेनेका भ्याक्सिनमाथि लगायो रोक

Mar 16, 2021 04:30 PM Merolagani



एस्ट्राजेनेकाको भ्याक्सिनले शरिरमा रगतको ढिक्का जम्ने समस्या देखिएपछि जर्मनी, फ्रान्स, इटली, आयरल्याण्ड र नेदरल्याण्डले यसको प्रयोगमा रोक लगाएको छ । अक्सफोर्ड भ्याक्सिन ग्रुपका भ्याक्सिनोलोजिष्ट प्रो. एण्ड्रयू पोलार्डले भने भ्याक्सिनको प्रयाेग रगतको ढिक्का जम्ने विषयसँग सम्बन्धित नभएको बताएका छन् ।

एक रिपोर्ट अनुसार बेलायतमा हर महिना करिब तीन हजार यस्ता घटना देखापर्ने गरेका छन् । भयाक्सिनको प्रयोगको समयमा पनि यस्ता समस्या आइरहेका छन् र थपिइरहेका छन् । अर्कोतर्फ बेलायतको औषधी नियन्त्रक एजेन्सी (एमएचआरए)का भ्याक्सिन सेफ्टी लीड डा. फिल ब्रायनले मानिसहरुलाई बिना डर तथा संकोच भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।

एस्ट्राजेनेकाका अनुसार भ्याक्सिन सुरक्षित

एस्ट्रोजेनेका र विश्वका स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन सुरक्षित रहेको दाबी गरेका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले यस भ्याक्सिनलाई सावधानी अपनाउँदै निलम्बन गरिएको बताएका छन् । यद्यपी यसका बारेमा उनले विस्तृत जानकारी भने दिएका छैनन् ।

यसैगरी इटलीको औषधी नियन्त्रकले पनि सोमबार अस्थायी रुपमा कोरोना भयाक्सिन एस्ट्राजेनेकाको प्रयोगमा रोक लगाएकाे छ। इटलीले यूरोपका अन्य देशहरुको कदमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ ।

जर्मनीमा पनि कोभिड भ्याक्सिनको सम्भावित साईड एफेक्टका खबरपछि एस्ट्राजेनेकाको प्रयोगमा रोक लगाएको छ ।

यसअघि आइतबार नर्वेले भ्याक्सिनको प्रयोगमा अस्थायी रोक लगाएको थियो । सो देशमा एस्ट्राजेनेका भ्याक्सिनको प्रयोग पछि रगत जम्ने गम्भिर समस्या देखा पर्दा भ्याक्सिनमा रोक लगाइएको हो ।

आयरल्याण्डका डेप्यूटी चिफ मेडिकल अफिसर डा. रोनन ग्लिनले बताए अनुसार नर्वेको मेडिसिन एजेन्सीले एस्टाजेनेकाको भ्याक्सिन लगाएपछि वयस्कको शरिरमा रगतको ढिक्का जम्ने चार केश देखिएको बताएकाे छ। जसपश्चात भ्याक्सिन प्रतिबन्ध गरिएको हो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।