माउन्टेन इनर्जी नेपाल लिमिटेडको कम्पनी विश्लेषण

Mar 20, 2021 06:40 PM Merolagani



पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत कम्पनीतर्फ आकर्षिक भइरहेका छन्। सोही उपसमूहमध्येको एक कम्पनीको हो, माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN)।

गत साता कम्पनीको शेयरमूल्य १७ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ६५७ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ६७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ७२० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।
कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले खरिदचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्यसँगै कम्पनीको भोल्यूम पनि गत साता बढेको छ। गत साता कम्पनीको दैनिक औषतमा १८ हजार ४१० कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम १८ हजार १०५ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम १.६८ प्रतिशत बढी हो।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड १४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा कम्पनीले ६ करोड १० लाख ८ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ भने ६ करोड ५१ लाख ३१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

१ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड २३ लाख १५ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात १२८.८७ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु ११७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.७४ गुणा रहेको छ। कम्पनीको आरओई ४.४६ प्रतिशत रहेको छ।

गत साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ६२.६५ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ६७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १३ अर्ब २६ करोड ४५ लाख १ हजार ९८० रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ६९६ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३७३ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५३० रुपैयाँ ३१ पैसा रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।