सनराइज ब्लुचीप फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Mar 21, 2021 08:36 AM Merolagani



सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईका लागि आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन हो।

माग गरिएकोभन्दा बढी आवेदन परेपछि क्यापिटलले आज निष्काशन बन्द गर्न लागेको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशनमा ल्याइएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।