नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

Mar 23, 2021 10:33 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोष (CIT) मा ५० हजार कित्ता र नेशनल लाइफको ६१ हजार ३६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत १० गते) देखि १८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

नागरिक लगानी कोष को संस्थापक शेयरको मूल्य १ हजार ५४० रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ४६६ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।