नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

Mar 24, 2021 10:07 AM Merolagani



नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुलेको छ। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) (PIC) ले आफ्नो स्वामित्वमा रहेको कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर चैत ११ गते (आज) देखि लिलामी बिक्री गर्न लागेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ। लिलामी शेयरमा चैत १९ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामी शेयर खरिदको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।