प्रि ओपन सेसन अपडेटः २०.२१ अंक बढ्यो नेप्से

Apr 06, 2021 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.२१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन १.१३ अंक बढेर २६५८.७४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २०.२१ अंक बढेर २६७८.९६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३ अंक बढेको छ।

मंगलबार सो सेसनमा ५३ कम्पनीको १ करोड ३० लाख ८० हजार ७८५ रुपैयाँ बराबरको ९ हजार २४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।