प्रि ओपन सेसन अपडेटः २०.२१ अंक बढ्यो नेप्से

Apr 06, 2021 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.२१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन १.१३ अंक बढेर २६५८.७४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २०.२१ अंक बढेर २६७८.९६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३ अंक बढेको छ।

मंगलबार सो सेसनमा ५३ कम्पनीको १ करोड ३० लाख ८० हजार ७८५ रुपैयाँ बराबरको ९ हजार २४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।