निरन्तर ६ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन

Apr 07, 2021 03:29 PM Merolagani



निरन्तर ६ दिनको वृद्धिपछि बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ। गत साताको मंगलबारदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंकको करेक्सन भएको हो।

पछिल्लो ६ दिनमा नेप्से परिसूचक १३०.९५ अंक बढेकोमा यस दिन करिब ३ अंकको करेक्सन भएको हो। साताको पहिलो कारोबार दिनदेखि नै दैनिक नयाँ रेकर्ड बनाइरहेको नेप्से, यस दिन २.८५ अंक घटेर २६७१.६२ विन्दुमा झरेको छ। तर, यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ।

यस दिन २१५ कम्पनीको ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन भएपनि ५ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। खानीखोला हाइड्रोपावर र आजैदेखि कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०२ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत घटेको छ। कारोबारमा आएको लघुवित्तको उपसमूहको परिसूचक २.१६ प्रतिशत र विकास बैंकको १.५ प्रतिशत बढेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि निफ्रा शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन चिलिमे हाइड्रोपावरको २२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।