प्रि ओपन सेसन अपडेटः साढे ६ अंक बढ्यो नेप्से

Apr 13, 2021 10:57 AM Merolagani



२०७७ को अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.२० अंक बढेर २६९१.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५२ अंक बढेर २६९८.०७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ९ लाख ४५ हजार ३५ रुपैयाँ बराबरको १९ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।