कोरोना संक्रमित भेटिएको विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरपालिकाकाे निर्णय

Apr 16, 2021 01:01 PM Merolagani



काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भेटिएको विद्यालयहरु एक साता बन्द गर्ने निर्णय गरेकाे छ।  महानगरपालिका प्रमुखस्तरको बैशाख २ गते बसेको बैठकले उक्त निणर्य गरेको हो।

त्यस अनुसार महानगरपालिका भित्रका कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा काेराेना संक्रमण भएको पाइएमा उक्त विद्यालयहरु अर्को सूचना नभएसम्मको लागि कम्तीमा एक साता बन्द गर्ने निर्णय गरिएकाे हाे। 

त्यस अवधिमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न/गराउन र त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने/ स्यानिटाइजरको प्रयोग गर्ने लगायतको स्वास्थ्य मापदण्ड पालना गर्न महानगरले आग्रह गरेको छ।

पछिल्लो समय कोरोना संक्रमितको दर पुनः बढ्दै गएपछि महानगरले उक्त निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बिहीबार एक विज्ञप्ती जारी गरी सबै नागरिकहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बनेर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न अपिल गरेको थियाे।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।