चन्द्रागिरी हिल्सले प्रकाशित गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, वित्तीय अवस्था यस्तो

Apr 19, 2021 05:24 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा कम्पनीको घाटा बढेको छ।

चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो।

सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा चुलिएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको चैत १८ गतेसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

१ अर्ब ५३ कराेड रूपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा काेष ३२ कराेड ८ लाख रूपैयाँ ऋणात्मक रहेकाे छ। चैत १८ गतेसम्ममा कम्पनीकाे इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेकाे छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेकाे छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले सञ्चालन गरेको केबलकारमा औषतमा दैनिक १४०० आगन्तुक र रिसोर्टमा औषत अक्युपेन्सी ४० प्रतिशत रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट कम्पनीले सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स रिसोर्टलाई ‘लक्जरी रिसोर्ट’ को रुपमा वर्गीकरण गरिएको छ। पर्यटकहरुलाई लक्षित गर्दै कम्पनीले केबलकारको टप स्टेशन क्षेत्रमा वाल क्लाइम्बिङ्ग सुविधा थप गरेको जनाएको छ। त्यसका साथै जिपलाइन, सुइङ लगायतका सुविधा समेत थप गर्ने कार्य अगाडि बढाएको कम्पनीले बताएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।