धौलागिरीसँग मर्जर प्रकृयामा रहेको आधिखोला लघुवित्तको अवस्था कस्तो छ ?

Apr 29, 2021 01:02 PM Merolagani



धौलागिरीसँग मर्जर प्रकृयामा रहेको आधिखोला लघुवित्त (AKBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गा आर्थिक वर्षको यसै अवधिको तुलनामा १४६.६९ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले एक करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तको सञ्चालन आम्दानीमा वृद्धि भएकाेले नाफा बढ्न टेवा पुगेको हो।

लघुवित्तको जगेडा कोष ११८.८३ प्रतिशतले बढेर ६ करोड ९७ रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.४६ प्रतिशतले सुधार भएको छ भने सञ्चालन मुनाफा १०२.४२ प्रतिशतले बढोत्तरी भएको छ।

चैत मसान्तमा लघुवित्तको निष्कृय कर्जा अनुपात ४.३९ प्रतिशत रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५ पैसाले बढेर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२ गुणा छ।

हाल यस लघुवित्तको दोस्रो बजारमा कारोबार रोक्का रहेको छ। लघुवित्त धौलागिरी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको हुँदा कारोबार रोक्का रहेको हो।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।