लुम्बिनी विकास बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

Apr 29, 2021 02:07 PM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंक (LBBL) ले खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको खुद नाफा ३.१६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको यहि अवधिमा ४३ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा ४२ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा संकुचन हुदाँ नाफा प्रभावित भएको हो।

यस अवधिमा बैंकले ३३ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसबाट बैंकले ८४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ।

चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १९ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १४.६६ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।