सहारा विकास बैंकको नाफामा आकर्षक बृद्धि, पूँजी बढ्दा प्रतिशेयर आम्दानीमा दबाब

Apr 29, 2021 03:07 PM Merolagani

सहारा विकास बैंक (SHBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्ममा १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन १३३.५२ प्रतिशतले धेरै हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा उसको खुद नाफा बढेको हो।

बैंकको खुद ब्याज आम्दानी ६२ प्रतिशतले बढेर ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १३२ प्रतिशतले बढेको छ।

गत वर्षको तुलनामा ६६ प्रतिशतले पूँजी बढाएर ७९ करोड ७३ लाख पुर्याएको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट घटेर १४ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ छ।

यस अवधिमा बैंकको निक्षेप संकलन ४५ प्रतिशतले बढेको छ भने कर्जा लगानी ३२ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा ०.६४ प्रतिशतबाट बढेर २.१६ प्रतिशत पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।