सुन र चाँदी दुबैको मूल्य घट्यो

Apr 30, 2021 11:36 AM Merolagani



बैशाख १७ गते, शुक्रबार, सुन र चाँदी दुबैको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।