सुन र चाँदी दुबैको मूल्य घट्यो

Apr 30, 2021 11:36 AM Merolagani



बैशाख १७ गते, शुक्रबार, सुन र चाँदी दुबैको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।