समता घरेलु लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने

May 03, 2021 04:38 PM Merolagani



साविकको समता लघुवित्त वित्तीय संस्था (SMATA) र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मर्जरपछि बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससंगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनी शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा समेत भएको छ ।

दुइ लघुवित्तबीच १००:८० स्वाप रेशियाेमा मर्जर सझाैता भएकाे  थियाे ।

दुबै लघुवित्तले बैशाख २ गते देखि एकिकृत काराेबार गरेकाे  थियाे ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।