नेपालमा कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड, २४ घण्टामा निधन हुनेकाे संख्या ३७

May 03, 2021 05:56 PM Merolagani



नेपालमा दैनिकजसो कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । सोमबार देशभरमा सात हजार ४४८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार २४ घण्टामा भएको कुल १७ हजार १७६ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ९२२ जना, ललितपुरका ५२२ जना र भक्तपुरका २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा दुई हजार ६६६ जनामा कोभिड १९ पुष्टि भएको छ।

यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने दुई हजार २१ जना छन् भने क्वारेन्टिनमा २१२ जना छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।