त्रैमासिक वित्तीय विवरणमा लापरवाही, लगानीकर्ता भन्छन्, 'शेयरमूल्य तलमाथि गर्ने गरी वित्तीय विवरणमा खेल्न थालियो'

May 09, 2021 06:07 PM Merolagani



  • रबिन पाैडेल

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कतिपय कम्पनीहरुले वित्तीय विवरण प्रकाशनमा लापरवाही गरी गलत विवरणहरु प्रकाशनमा ल्याउन थालेका छन्।पछिल्लाे समय कतिपय कम्पनीहरुले गलत रिपोर्ट प्रकाशित गरेर लगानीकर्तालाई भ्रममा पार्ने गरेको देखिएको छ।

  मुख्य गरी प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, रिजर्भ, खराब कर्जा जस्ता सूचकहरुमा गलत रिपोर्टिङ्ग गर्न थालिएको लगानीकर्ताहरु बताउछन्। कतिपय कम्पनीहरुले हुँदै नभएको बढी इपिएस देखाएर वित्तीय विवरण प्रकाशनमा ल्याएका छन् भने कतिपयको प्रतिशेयर आम्दानी बढी देखिएको छ।

सूचीकृत कम्पनीहरुको वित्तीय विवरणका कतिपय सूचकहरुको गणना विधि नै फरक देखिएको छ। एउटै समूहका कम्पनीहरुको पनि यस्ता सूचकहरुको गणना विधिमा एकरुपता देखिदैन। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा धेरै लघुवित्त कम्पनीहरुले बोनस शेयर नै समायोजन नगरी विवरण प्रकाशित गरेका छन् भने धेरै हाइड्रोपावर कम्पनीहरुले बढी इपिएस देखाएको देखिन्छ।

पछिल्ले समय कतिपय कम्पनीमा वित्तीय विवरणले मार्केट प्राइसमा खेल्न थालिएको लगानीकर्ता नयन बस्तोला बताउछन्। "पछिल्लो समय वित्तीय विवरणमा खेल्न थालिएको अनुभव भइरहेको छ। कतिपय कम्पनीहरुले मार्केट प्राइस तलमाथि गर्ने हिसाबले विवरण प्रकाशन गर्न थालिएको देखिन्छ," उनले भने, "नेप्सेमा पनि रिपोर्ट ट्यालि गर्ने सिस्टम बनाउने र नियामकले पनि हेर्ने हो भने यस्तोमा खेल्ने सम्भावना कम रहन्थ्यो।"

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा धेरै कम्पनीहरको यस्तै रिपोर्ट देखिन्छ। केहि कम्पनीले हुँदै नभएको बढी इपिएस प्रकाशित गरेका छन् भने कतिपय हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरणमा आम्दानी र खर्चको विवरण नै छैन।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा पाँचथर पावर कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ उल्लेख गरिएको छ जब कि उसको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ मात्रै हुन आँउछ। आँखुखोला हाइड्रोपावर, रैराङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, माउन्टेन इनर्जी, युनियन हाइड्रोपावरले पनि वित्तीय विवरणमा प्रतिशेयर आम्दानी बढी देखाएका छन्।

शिवश्री हाइड्रोपावरले प्रकाशित गरेको वित्तीय विवरणमा खर्च र आम्दानीको विवरण नै उल्लेख गरेको छैन। दरिलाे नियामक निकाय नहुँदा सूचीकृत कम्पनीहरुले यस्तो विवरण प्रकाशनमा लपरवाही गर्ने गरेको देखिएको छ।

कतिपय लघुवित्त कम्पनीहरुले बोनस शेयर समायोजन नगरी प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ हिसाव गरेका छन्। यसरी हिसाब गर्दा प्रतिशेयर आम्दानी बढी देखिन्छ। तेस्रो त्रैमासिक वित्तीय विवरणमा रिलायन्स फाइनान्स, सिभिल लघुवित्त, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, समता लघुवित्तले बोनस शेयर समायोजन नगरी वित्तीय विवरण प्रकाशित गरेका छन्।

सूचीकृत कम्पनीहरुले यस्तै गलत रिपोर्टिङ्ग गर्दा लगानीकर्तालाई भने सही सूचना पाउन गाह्रो भएको छ। पछिल्लो समय यस्ता विवरणहरुको आधारमा खेल्न थालिएको अनुभुति धेरै लगानीकर्ताले गर्न थालिसकेका छन्। "कानूनी रुपमा नै खेल्न थालिएको छ। कहिले रिजर्भ ह्वात बढाइदिने कहिले घटाइदिने, इपएिस बढाउने एनपिएल बढाइदिने, यी कामहरु भइरहेको छन्।" बास्तोलाले मेरोलगानीसँग भने।

यता सूचीकृत कतिपय कम्पनीहरुले वर्षैसम्म वित्तीय विवरण नै प्रकाशन नगरी बसेका छन्। नेप्सेले केहि समय अघि मात्रै समयमा नै वित्तीय विवरण पेश नगरेको भन्दै केहि कम्पनीहरुको शेयर कारोबार समेत रोक्का गरेको थियो।

यतिमात्र नभई बुकक्लोज, लाभांश प्रस्तावको कुराहरुमा समेत बजारमूल्यमा खेल्न थालिएको उनी बताउछन्। कतिपय हाइड्रोपावर कम्पनीहरुले आज लाभांश प्रस्ताव गर्ने र भोलि नै बुकक्लोज निकाल्ने गरेका छन्। यसले गर्दा लाभांश खान चाहने लगानीकर्तालाई निर्णय लिन समेत पर्याप्त समय नमिल्ने गरेको उनले बताए। यस्ता कुराहरुमा समेत एउटा टाइम फ्रेम भयो भने लगानीकर्तालाई निर्णय गर्न समय मिल्ने उनको भनाइ छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।