एलआईसी नेपालको खुद बीमाशुल्क बढ्दा नाफा पनि करिब ४३ प्रतिशतले बढ्यो

May 13, 2021 10:23 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३१.८० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४ अर्ब ११ करोड ८१ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ४२.८५ प्रतिशतले बढेर १५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्छ ।

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड १४ लाख, जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ३४०.६२ गुणा छ ।

कुल ७ लाख १६ हजार ३६२ वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले १३ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १३ हजार ६३१ वटा दाबी बापत ६ अर्ब १६ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।