एभरेष्ट इन्स्योरन्सको खुद बीमाशुल्कसंगै नाफा पनि बढ्यो, प्रतिशेयर आम्दानी कति ?

May 14, 2021 10:49 AM Merolagani

एभरेष्ट इन्स्योरन्स (EIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ६४ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा र मुल्य आम्दानी अनुपात ३५.९७ गुणा रहेको छ ।

कम्पनीले ८३ हजार २८९ वटा बीमालेख जारी गरि ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै कम्पनीले यस अवधिमा ४ हजार १५७ वटा दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ८६४ वटा दाबी बापत १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।