कोभिड अर्थतन्त्रः अर्थशास्त्रीहरुले के सही बुझे?

May 18, 2021 06:39 PM BBC

एक वर्षले के फरक पार्छ? जब महामारी शुरु भएको थियो, तब अमेरिकी अर्थतन्त्रमा के भइरहेको छ भन्ने थाहा पाउन अर्थशास्त्रीहरुलाई यो प्रश्न गरिएको थियो। अहिले पुनः त्यही अर्थशास्त्रीहरुलाई आगामी दिनहरुका लागि के कुरामा ध्यान दिइरहेका छन् भन्ने प्रश्न गरिएको छ।

त्यो समयमा उनीहरु सबैले भनेका थिए कि उनीहरुले सोचेका थिए कि देश २००८ को आर्थिक मन्दीको समयको तुलनामा पछिल्लो पटक व्यापक आर्थिक अनिश्चितताको सामना गर्ने समयमा राम्रो प्रदर्शन गर्दछ।

तर, सरकार कति हस्तक्षेप गर्दछ र मुलुकको खोप कार्यक्रम कतिको प्रभावकारी हुने हो भन्ने विषयमा उनीहरु केही चिन्तित पनि छन्।

प्रक्षेपणः सरकारले हस्तक्षेप गर्नुपर्छ

सन् २०२० को वसन्तमा जब महामारीले अमेरिकालाई प्रभाव पार्यो, तब सबै रोकियो।

एक महिना भित्र, १७ मिलियन अमेरिकनहरुले रोजगारी गुमाए, र अर्थशास्त्रीहरुले मापन गर्ने मुलुकको कुल गाहस्र्थ उत्पादन, २.१५ ट्रिलियन डलर घट्यो।

सन् २००८ को वित्तीय पतनपश्चात मुलुकले कहिल्यै त्यस्तो देखेको थिएन।

‘र वित्तीय अभावको समयमा जस्तै, आगामी दिनमा हुने नोक्सानीबाट बचनका लागि अमेरिकी सरकारले शीघ्र प्रतिक्रिया जनाउन आवश्यक छ,’ कर्नेल कलेजमा मन्दीको इतिहास अध्ययन गरिरहेका टोड नोप भन्छन्।

नोपले गत जुनमा भनेका थिए कि उनी सरकारी खर्चसँग आशावादी छन् र मौद्रिक नीतिले अर्थतन्त्रलाई पूर्ण रुपमा जोगाउँछ।

त्यसोभए वास्तवमा के भएको थियो?

पैसाको विषयमा नोपको अनुमान सही भयो। कंग्रेसले ट्रिलियनौँ डलरको कयौँ सहयोगहरु पारित गरे। उनी यो विश्वास गर्दथे कि यस्ता सहयोग जसमा अमेरिकीहरुका लागि प्रत्यक्ष भुक्तानी थियो र बेरोजगारी सुविधाहरु बढाइएको थिया, त्यसले ति सबै व्यक्तिहरुलाई उकास्न सक्छ जसले रोजगारी गुमाएका थिए।

‘करिब सबै कारकहरुमा, हरेक कुराहरु नराम्रो परिस्थितिबाट राम्रोमा परिणत भए र त्यो राम्रो भयो,’ नोप अहिले बताउँछन्।

जीडिपी फर्किएको छ, यस वर्षको पहिलो तीन महिनामा ६.४ प्रतिशत।

जबकी बेरोजगारी दर महामारीभन्दा अघिको समयमाभन्दा अझै पनि उच्च नै छ, करिब १५ मिलियन अमेरिकीहरु काममा फर्किसकेका छन्, जुन राम्रो खबर पनि हो।

डुक विश्वविद्यालयका अर्थशास्त्री, क्याम्पबेल हार्भे सहमति जनाउँछन्।

गत जुनमा, उनले महामारीलाई आँधीबेहरीसँग तुलना गरे, जसले व्यवसाय र घरहरुलाई बरबाद गर्यो। ‘महामारी खर्च आपतकाल राहतमा मिल्दोजुल्दो छ,’ उनले भने।

‘तर, सरकारी राहतहरुले पनि धेरै साना व्यवसायहरु जुन संघर्ष गरिरहेका छन्,’ उनी भन्छन्, ‘त्यसले अर्थतन्त्रमा नराम्रो छाप छोड्छ।’

‘उनीहरु हेडलाइन बन्दैनन्, तपाई उनीहरुको बारेमा कहिले सुन्ने छैन, यो दुई व्यक्ति अभियानजस्तै हुन्छ, तर त्यसले केही क्षति पुग्नेछ,’ उनी भन्छन्।

प्रक्षेपणः केही उद्योगहरु यस्तो गर्न सक्दैनन्

लकडाउनको पहिलो लहरको समयमा र घरमा बस्ने आदेश जारी भएको समयमा, नोपले भनेका थिए कि यो स्पष्ट छ कि व्यवसाय जुन व्यक्तिगत ग्राहकमा निर्भर थिए जस्तै कि ट्राभल र केही खुद्रा व्यवसाय– संर्घषरत थिए, जबकी अन्य व्यवसायहरु सजिलै ‘नयाँ सामान्य’ लाई अपनाउने छन्।

‘यसले मानिसहरुलाई बिगारिरहेको छ र त्यसले मानविय प्रणालीलाई बिगारिरहेको छ, हामीले विचार र प्रविधि बाँडिरहेका छौँ र एक अर्कासँग कुरा गरिरहेका छौँ,’ उनले त्यो समयमा भनेका थिए।

वास्तवमा के भएको थियो?

नोप सही थिए–महामारीले केही उद्योग नष्ट गरिदियो र अन्यलाई बढावा दियो।

मानिसहरुको घरमा सामान तथा सेवा डेलिभरि गर्ने कम्पनीहरु जस्तै एमजोन, नेटफ्लिक्स, सपिफाइ, चम्किए।

एमजोनले महामारीमा आफ्नो नाफा ३ गुणा बनायो, जसका कारण यसका संस्थापक जेफ बेजोसको व्यक्तिगत सम्पत्ती २०२ बिलियन डलर पुग्यो।

जबकी, हस्पिटालिटी र यातायात जस्ता व्यवसायहरुमा व्यापक गिरावट आयो जसमध्ये लाखौँ अहिले पुनः काम गर्ने अवस्थामा छैनन्।

राष्ट्रिय रेष्टुराँ एसोशिएसनका अनुसार सन् २०१९ को तुलनामा २०२० मा उनीहरुको व्यवसायले ११५ बिलियन डलर नोक्सानी व्यहोरेको छ जबकी हवाइ व्यवसायले ५५ बिलियन डलर संघिय सरकारबाट बेलआउट पाएको छ।

(बीबीसीबाट अनुवादित)

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।