धनी व्यक्तिहरूको सोच प्रष्ट्याउने पुस्तक ‘हाउ रिच पिपल थिंक को सारंश

May 19, 2021 06:38 PM Merolagani

हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा विगत केही सातादेखि हामीले स्टिभ साइबोल्डद्वारा लिखित पुस्तक ‘हाउ रिच पिपल थिंक’ को सारंश प्रस्तुत गर्दै आएका छौँ। आज सोही पुस्तकको सारंशको तेस्रो भाग लिएर उपस्थित भएका छौँ।

औषत व्यक्तिहरु धनी बन्नुलाई भाग्यमानी व्यक्तिहरुलाई दिइएको विशेषाधिकारको रुपमा मान्छन्। विश्व वर्गहरुलाई थाहा छ कि पूँजीवादी मुलुकमा उनीहरुलाई धनी हुने अधिकार छ यदि उनीहरुले अरुका लागि ठूलो मूल्य सिर्जना गर्न सक्छन् भने।

धनी व्यक्तिहरु विश्वास गर्छन् कि यदि उनीहरुले अरुका लागि जीवन राम्रो र सरल बनाइदिए भने धनी हुनु उनीहरुको अधिकार हो। उनीहरु जहिले पनि राम्रो जाल बनाउने बारेमा सोचिरहन्छन् र अक्सर भौतिकवादी, आत्म अवशोषित र लोभी हुनाले तिरस्कृत हुन्छन्।

धनीहरु सोच्छन् कि उनीहरुले भ्यालु सिर्जना गरिरहेकाले धनी बन्ने उनीहरुको अधिकार हो। त्यसैले फुटबल गेम हेर्ने, ब्याटिङ्ग औषत स्मरण गर्ने र भिडियो गेम खेल्नुको सट्टा उनीहरु धन सिर्जना गर्न सक्ने सम्भावित नयाँ विचारहरुमा केन्द्रित हुन्छन्।

मध्यम वर्गहरु पैसालाई जटिल रुपमा बुझ्छन्...... धनीहरु सामान्य रुपमा।

मानिसहरुको एक जमात छ जो पैसा बनाउनु रहस्यमय छ भन्ने विश्वास गर्छन्। विश्वस्तक विचारकहरुलाई थाहा छ कि पैसा आईडियाहरुबाट बग्छ। उनीहरुलाई थाहा हुन्छ कि बजारमा जति उनीहरु भ्यालु सिर्जना गर्छन्, त्यति नै धनी हुन्छन्।

धनी व्यक्तिहरु अनन्त सम्भावनाहरुबाट पैसा बनाउने दृष्टिकोणले हेर्छन् र आफ्नो दाबी प्रस्तुत गर्न डराउदैनन्। चाहे उनीहरु जति पटक नै असफल किन नहोस्, सफल नभएसम्म लागिरहन्छन्।

धनी हुन त्यहाँ कुनै रहस्य छैन, त्यो सीमित सोचले अधिकांश मानिसहरुलाई प्रयास गर्न बाट पनि रोकिरहेको छ। के यसले तपाईलाई कहिले रोकेको छ? के यसले अहिले रोकिरहेको छ?

‘सफल व्यक्तिहरु पैसा बनाउँछन्। यो होइन कि पैसा बनाउने मानिसहरु सफल हुन्छन्, तर ती सफल व्यक्तिहरुले पैसालाई आकर्षित गर्छन्। त्यसले उनीहरुले जे गर्छन्, त्यसमा सफलता ल्याउँछ।’ वेन डायर

मध्यम वर्गहरु धनी मानिसहरु बदमाश हुन्छन् भन्ने सोच्छन्..... विश्वस्तरका मानिसहरु धनी व्यक्तिहरु महत्वकांक्षी हुन्छ भन्ने सोच्छन्।

एक औषत मानिसलाई बालापनमा नै अभिभावक, शिक्षक, कोचहरु, र अन्य व्यक्तिहरुले धनीहरुले गलत तरिका र धोका दिइ धन कमाउछन् भन्ने मानसिकताको विकास गरिदिएको हुन्छ।

विश्वस्तरका मानिसहरुलाई थाहा हुन्छ कि अधिकांश भाग्यहरु लक्ष्य, दृष्टिकोण र विश्वासले निर्माण भएका हुन्।

विश्वस्तरका मानिसहरु आफ्नो नतिजाको जिम्मेवारी आफै लिन्छन् र आफ्नो सबै मानसिक शक्ति धनी बन्नमा खर्च गर्छन्।

‘म दरिलो र आत्मविश्वासी छु र मलाई थाहा छ मलाई के चाहिन्छ। र त्यसले मलाई नराम्रो बनाउँछ भने ठिकै छ,’ मडोना।

मध्यम वर्गहरु विश्वास गर्छन् कि सम्पत्ती निर्माण गर्नु एकल प्रयास हो..... विश्वस्तरका मानिसहरु संयुक्त प्रयास हो भन्ने बुझ्छन्।

एक औषत मानिसको समय ९ बजे शुरु भएर ५ बजे सकिन्छ। उनीहरुलाई उनीहरुको व्यक्तिगत प्रयासको पैसा दिइएको हुन्छ। यसले उनीहरुलाई संस्थाका लागि कति मूल्यवान छ भन्ने कुरालाई सीमित गर्दछ।

विश्वस्तरका मानिसलाई थाहा छ कि धन निर्माण गर्न समूहको आवश्यकता पर्दछ, र उनीहरु अधिकांश शक्ति सही व्यक्तिको कार्य र विचारको अध्ययन गर्नमा खर्च गर्छन्। महान भाग्यहरु विश्वस्तरको समूहको संकलित मानसिक र भौतिक योगदानबाट निर्माण हुन्छ।

धनीहरु आफुलाई टिम लिडरको रुपमा देख्दछन्, चाहे उनीहरुको टिममा कर्मचारी, पार्टनर अथवा बाह्य ठेकेदार हुन्। उनीहरु आफ्नो समूह निर्माण गर्दछन् र उनीहरुको हरेक चाललाई राम्रो रणनीति सहित नजिकबाट नियाल्छन्।

समूहहरु नतिजामुखीभन्दा पनि इगो केन्द्रित हुन्छन्। महान व्यक्तिहरु जित्न चाहन्छन् र नाफाको बदलामा उनीहरुको टिम मित्रको अहंकार व्यक्त गर्न बढी इच्छुक छन्।

‘टिम वर्क यति महत्वपूर्ण छ कि तपाईको क्षमताको उचाइमा पुग्न वा यो तपाईको लागि अत्यन्तै राम्रो नबनाइकन नै पैसा कमाउने कार्य गर्न असम्भव छ।’ ब्रायन ट्रेसी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।