आगामी आर्थिक वर्षभित्रमा १६ सय मेगावाट बढी बिजुली केन्द्रीय प्रणालीमा थपिने

May 29, 2021 06:50 PM Merolagani



आगामी आर्थिक वर्ष २०७८÷७९को लागि वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ लागि एक खर्ब १३ अर्ब रुपैयाँको बजेट छुट्याएको छ भने मन्त्रालयका लागि एक खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षभित्रमा एक हजार ६ सय २४ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा थपिने सरकारको योजना रहेको छ ।

सरकारले १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, ४५६ मेगावाटको माथिल्लो तामाकोशी लगायत आयोजना सम्पन्न भई प्रणालीमा जोडिने अर्थमन्त्रीले बताएका हुन् । यस्तै, निजी क्षेत्रका विभिन्न आयोजना प्रणालीमा थप विद्युत उपलब्ध हुने प्रक्षेपण गरिएको छ ।

जलविद्युत तथा प्रशारण लाईन निर्माणका लागि जग्गा प्राप्ति समयमा नै सम्पन्न गर्ने भएको छ । विद्युत प्रसारण लाईन निमार्णमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र नीतिगत व्यवस्था गर्ने भएको छ ।

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।