निर्जीवन बीमा कम्पनीहरुको लाभांश कसको कति ? तीनको लाभांश अझै पाउन सकिने

Jun 02, 2021 03:25 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म नेप्सेमा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स,एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, सिद्दार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।

त्यस अनुसार हालसम्म युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनीको लाभांश अझै आउन बाँकी छ ।

हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ ।

शिखर इन्स्योरेन्सको उक्त बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत भैसकेको छ ।

यस्तै, नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र ३.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ता गरेको छ ।
यस्तै सगरमाथा, प्रिमियर, प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १० प्रतिशत भन्दा बढी लाभांश प्रस्ताब गरेको छ ।

सबै भन्दा कम हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका अधिकाँस कम्पनीले बुक क्लोज समेत गरिसकेका छन् । त्यस मध्ये शिखर इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत समेत भैसकेको छ ।

लाभांश प्रस्ताव गरेका नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भने बुक क्लोज मिति तोकेको छैन् । त्यस अनुसार बुक क्लोज मिति अघिल्लो कारोबार दिन सम्म कायम शेयरधनीले यी तीन कम्पनी लाभांश प्राप्त गर्न सक्नेछन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।