अघिल्लाे बुलमा इन्स्योरेन्स सेक्टरले लिड गरेको नेप्सेमा यो बुल कसको?

Jun 07, 2021 08:29 AM Merolagani



पछिल्लो एक वर्षदेखि शेयर बजारमा बुलिश ट्रेण्ड चलिरहेको छ। पछिल्लो समय शेयर बजारले थप नयाँ रेकर्ड बनाउदै अघि बढेको छ। आइतबार मात्र नेप्से सूचक ५० अकंले बढेर २९०६.८९ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।

पछिल्लाे समय कारोबार रकममा पनि याँ रेकर्ड बन्दै आएको छ। पछिल्लो एक वर्षका कारोबार रकम उल्लेख्य रुपमा बढेको छ। बजार पूँजीकरणमा पनि पछिल्लो समय नयाँ रेकर्ड कायम हुँदै आएको छ। आइतबारसम्ममा कुल बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ कायम भएको छ।

योभन्दा अघि नेप्सेले करिब ९ वर्ष अघि बुलिस ट्रेण्ड समातेको थियो उक्त बुलिस ट्रेण्ड करिब ४ वर्ष रहेको थियो। सो अवधिमा नेप्से सूचक ४८८ प्रतिशतभन्दा धेरैले बढेको थियो। नेप्सेले १८८१ विन्दुको नयाँ रेकर्ड बनाएर बियरिस ट्रेण्डमा प्रवेश गरेको थियो।

सो बुलमा इन्स्योरेन्स सेक्टरले बुलको लिड गरेको थियो। सो अवधिमा इन्स्योरेन्स सेक्टर २२२७ प्रतिशतले बढेको थियो। बुलकाे शुरूवातमा ६५६ विन्दुमा रहेको इन्स्योरेन्स उपसमूहको सूचक बुलको अन्त्यसम्ममा बढेर ९१०२ विन्दुमा पुगेको थियो।



हाल नेप्सेमा बुल शुरु भएको १ वर्षभन्दा धेरै भइसकेको छ। नेप्से एक वर्ष यता बढ्दो क्रममा छ। अहिलेको बुल शुरु भएदेखि हालसम्म नेप्से सूचक १४९ प्रतिशतले बढेको छ। अघिल्लाे बुलमा नेप्से सूचक झण्डै ५०० प्रतिशतले बढेको थियो।

यस बुलकाे अहिलेसम्मकाे अवधिमा भने इन्स्योरेन्स सेक्टरको त्यति धेरै योगदान देखिएकाे छैन। अघिल्लाे बुलमा इन्स्योरेन्स कम्पनीहरुको शेयरमूल्य अत्याधिक मात्रामा बढेको थियो। तर, यो बुलमा जीवन बीमा उपसमूहकको सूचक २०९ र निर्जीवन बीमा उपसमूहको सूचक २२२ प्रतिशतले मात्रै बढेको छ।

यो बुलमा अघिल्लो बुलमा जस्तो विभिन्न उपसमूहको सूचकको वृद्धिमा ठुलो भिन्नता भने छैन। अहिलेको चालु बुलमा सबैभन्दा कम बढेको उपसमूह होटल रहेको छ। कोभिड महामारि शुरु भएपश्चात होटल राम्ररी सञ्चालनमा आउन पाएका छैनन्। कोभिडको प्रत्यक्ष प्रभाव परेको क्षेत्र भएको कारण यस क्षेत्रका कम्पनीहरुको शेयरमूल्य खासै बढ्न सकेको अवस्था छैन।

अघिल्लो बुलमा बैंकिंग समूहको वृद्धि राम्रो थियो। सो बुलमा बैंकिंग उपसमूह, विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको सूचकभन्दा धेरै बढेको थियो। तर, यस बुलमा अन्य उपसमूहको भन्दा बैंकिंग उपसमूहको बृद्धिदर न्यून छ। यस अवधिमा बैंकिग उपसमूहको सूचक शतप्रतिशत पनि बढ्न सकेको छैन, जबकी अघिल्लो बुलमा यो उपसमूहको सूचक ५६५ प्रतिशतभन्दा धेरैले बढेको थियो।

पछिल्लाे एक वर्षको तथ्याँक हेर्दा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ५०९ प्रतिशतले बढेको छ। सन् २०२० को जनवरी १ मा ११६९ विन्दुमा रहेको व्यापार उपसमूहको सूचक गत आइतबारसम्ममा ४१८१ विन्दुमा पुगेको छ।

त्यसैगरी, फाइनान्स उपसमूहको सूचकमा पनि उच्च वृद्धि देखिएको छ। आइतबारसम्ममा उक्त उपसमूहको सूचक २४५ प्रतिशतले बढेको छ। ५७० विन्दुमा रहेको फाइनान्स उपसमूहको सूचक यसै बुलमा बढेर आइतबारसम्ममा १९७०.४६ विन्दुमा पुगेको छ।

यो बुलमा धेरै पूँजी भएकाभन्दा कम पूँजी भएका कम्पनीहरुको शेयरमूल्य धेरै बढेको छ। माइक्रोफाइनान्स उपसमूहमा पनि २२८ प्रतिशतको वृद्धि देखिएको छ भने हाइड्रोपावर उपसमूहमा पनि २०४ प्रतिशतको वृद्धि देखिएको छ। यता विकास बैंक उपसमूहको सूचक १६१ प्रतिशतले बढेको छ।

यो बुलमा केहि उपसमूह बाहेक प्रायः सबै उपसमूह करिब समान रुपले बढेका छन्। बैंक र विकास बैंकको शेयरमूल्यको वृद्धिदर केहि कम छ भने म्युचुअल फण्ड उपसमूह पनि खासै बढ्न सकेको छैन।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।