स्वाबलम्बनको संस्थापक शेयर लिलाम बिक्रीमा

Jun 07, 2021 08:51 AM Merolagani



स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले करिब २ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (जेठ २४ गते) देखि असार २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने लघुवित्तले जनाएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।