धितोपत्र बोर्ड सम्बन्धी नयाँ ऐनको ड्राफ्ट गर्न थाल्यो बोर्डले, संशोधनको लागि सदन पुगेको पुरानो ऐन चाहिँ के हुन्छ ?

Jun 09, 2021 07:51 AM Merolagani

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले हालको ऐनले पूँजी बजारलाई व्यवस्थित गर्न नसकेको निष्कर्ष निकाल्दै नयाँ ऐनको ड्राफ्ट कोर्न सुरु गरेको छ। बढ्दो बजारको आकारलाई हेरेर पुरानो ऐनले अहिलेको पूँजी बजारलाई व्यवस्थित गर्न नसक्ने भन्दै बोर्डले नयाँ ऐनको ड्राफ्ट कोर्न शुरु गरेको जनाएको छ।

बोर्डले धितोपत्र बोर्ड र कारोबार सम्बन्धी दुई नयाँ ऐनको परिकल्पना सहित काम अघि बढाएको छ। जसमा धितोपत्र बोर्डको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था धितोपत्र बोर्ड सम्बन्धी ऐनमा राखिने छ भने बजार र बजारसँग सम्बन्धित रहेका विषयलाई सम्बोधन गर्नको लागि धितोपत्र कारोबार सम्बन्धी छुट्टै ऐन बनाइने बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाको भनाइ छ।

हाल धितोपत्र कारोबारको लागि धितोपत्र कारोबार सम्बन्धी ऐन २०६३ अन्तर्गत पूँजीबजारको नियमन र सुपरिवेक्षणको काम हुँदै आएको छ। जुन पर्याप्त नरहेको बोर्डको भनाई छ।  

“धितोपत्र कारोबारको लागि अहिलेको ऐन भनेको धितोपत्र बोर्ड सम्बन्धी ऐन होइन। धितोपत्र कारोबार सम्बन्धी ऐन हो। यो ऐनले धितोपत्र कारोबार सम्बन्धी इजाजत दिने काम मात्रै गर्छ। धितोपत्र बोर्ड सम्बन्धी व्यवस्था पनि यो ऐनमा छन त छ। तर अहिलेको लागि यो पर्याप्त छैन। जसको लागि धितोपत्र बोर्ड सम्बन्धी छुट्टै ऐन चाहिन्छ। जुन अहिलेसम्म रहेनछ। त्यसैले धितोपत्र बोर्ड सम्बन्धी र कारोबारसँग सम्बन्धित दुई छुट्टाछुट्टै ऐन बनाउन लागिएको हो” बोर्ड अध्यक्ष ढुङ्गानाले मेरोलगानीसँग भने।

ढुङ्गाना नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन्। उनले नियमनकारि निकायमा बसेर काम गरेको प्रशस्त अनुभव संगालेका छन्। नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू कानून सरह अक्षरशः पालना हुने गरेको अनुभव बटुलेका ढुङ्गानाले पूँजी बजारको विकासको लागि दिने निर्देशन र त्यसको पालनमा हुने आनाकानीले गर्दा पूँजी बजारको विकास हुन नसकेको ठम्याएका छन्। जसको लागि सबैभन्दा पहिले बोर्ड नै कानूनी रुपमा सशक्त हुनु पर्ने र त्यही कानुनमा टेकेर पूँजी बजारलाई थप व्यवस्थित बनाउने योजनामा ढुङ्गाना छन्।  

“नेपाल राष्ट्र बैंक ऐन र बीमा समिति ऐन भए जस्तै धितोपत्र सम्बन्धी पनि छुट्टै ऐन र धितोपत्र कारोबार सम्बन्धी अर्कै ऐन बन्ने छन्। धितोपत्र सम्बन्धी ऐनले बोर्डको काम, कर्तव्य,अधिकार र स्वायत्तताको विषय बोल्ने छ भने बजार सञ्चालक, कारोबार र लाइसेन्स प्राप्त निकायको विषयमा धितोपत्र कारोबार सम्बन्धी ऐनले बोल्ने छ,” ढुङ्गानाले भने।

ढुङ्गानाले नयाँ ऐन बाउनु पर्ने तर्क गरिरहँदा हाल कार्यान्वयनमा रहेको धितोपत्र कारोबार सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भने यति बेला सदनमा पुगेको छ। प्रतिनिधि सभा विघटन र राजनैतिक किचलोको कारण नियमित सदनको सभामा पेस हुन सकेको छैन। प्रतिनिधि सभाको बैठक बसे लगत्तै उक्त ऐन नियमित प्रक्रियामा जानेछ। उक्त ऐन पनि संशोधनको लागि बोर्डले नै सिफारिस गरी पठाएको हो। उक्त ऐन चाहिँ के हुन्छ? भन्ने मेरो लगानीइको प्रश्नमा बोर्ड अध्यक्ष ढुङ्गाना भन्छन्  ”सदनमा गएको ऐन र यो ऐन कुन पहिला आउँछ त्यसमा भर पर्छ। त्यो पहिला आयो भने त्यो लागु हुँदै गर्छ। यो प्रक्रियामा अघि बढ्दै गर्छ। होइन त्यो भन्दा अघि नै यो ल्याउन सकियो भने यही कार्यान्वयनमा जान्छ। त्यसलाइ यसैले प्रतिस्थापन गर्नेछ”।

बोर्डले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेरेर पनि छुट्टाछुट्टै बाउने योजना अघि सारेको हो। भारत, अमेरिका लगायत देशहरूमा नियमनकारी निकाय सम्बन्धी मात्रै छुट्टै ऐन छ। बजार सम्बन्धी अर्को छुट्टै ऐन हुन्छन्। तर, नेपालमा भने बोर्ड गठनदेखि कारोबारसम्म सबै एउटै ऐनमा समावेश छन्। एउटै ऐनमा सबै कुरा हुँदा बोर्डका लागि चाहिने सबै कुरा यसमा छैनन्। बोर्डको पर्याप्त अधिकारहरू पनि त्यहाँ छैनन्। सोही कारण पनि यसलाई बोर्डको चार वर्षे रणनीतिमा पहिलो प्राथमिकतामा राखिएको छ। जसलाई गत वर्षनै अघि बढाउने भनिएको भएपनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। यसपालि भने यसलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको छ। ड्राफ्ट बनाउने काम नै शुरु गरिसकेको ढुङ्गानाले बताए।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।