जेठ महिनामा कुन बैंकले कति बढाए निक्षेप र कर्जा, ११ बैंकको सिसिडि रेशियो ८० प्रतिशत माथि पुग्यो

Jun 18, 2021 01:19 PM Merolagani



जेठ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ। बैंकहरुले ३५ अर्ब निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका छन्।

बैशाख अन्तिम सम्ममा ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ अन्तिमसम्ममा ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंकहरुको निक्षेप संकलन पनि ३९ खर्ब ५५ अर्ब रुपैयाँबाट बढेर ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्याँकले देखाउँछ।

  • कुन बैंकले बति बढाए निक्षेप र कर्जा?

जेठ महिनामा नविल बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ। बैंकर्स संघको तथ्याँक अनुसार बैंकले एक महिनामा ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चारवटा बैंकको भने जेठ महिनामा कर्जा लगानी घटेको छ। लक्ष्मी बैंकको ७९ करोड रुपैयाँले कर्जा लगानी घटेको छ भने नेपाल बंलादेश बैंकको ४५ करोड,एनआइसी एशिया बैंकको १५ करोड र प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा लगानी घटेको देखिन्छ।

यस्तै जेठ महिनामा ६ वटा वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ भने २१ बैंकको निक्षेप संकलन बढेको छ।

निक्षेप संकलनमा पनि नविल बैंक सबैभन्दा अगाडि देखिएको छ उसले जेठ महिनामा मात्रै ५ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै कृषि विकास बैंकले पनि निक्षेप संकलन ४ अर्ब २४ करोड रुपैयाँले बढाएको छ।

बैंकहरुको निक्षेप संकलन खासै बढ्न नसक्दा सिसिडि रेशियो पनि बढ्दै गएको छ। जेठ अन्तिमसम्ममा ११ वटा बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा माथि पुगेका छन्।

जेठ अन्तिमसम्म्मा एनआइसि एशिया बैंकको सिसिडि रेशियो सबैभन्दा धेरै ८३.९७ प्रतिशत पुगेको छ भने सानिमा बैंकको पनि ८३.४५ प्रतिशत, मेगा बैंकको ८३.३१ प्रतिशत र माछापुछ्रे बैंकको पनि ८३.१९ प्रतिशत पुगेको छ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरुले सिसिडि रेशियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ। उक्त सीमासम्म रहेर बैंकहरुले कर्जा लगानी गर्न पाउँछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।