सिद्धार्थ क्यापिटलको खुलामुखी योजनामा आजदेखि आवेदन दिन सकिने

Jun 30, 2021 06:25 AM Merolagani



सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आज (असार १६ गते) देखि आवेदन दिन सकिने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो।

कम्पनीले २ करोड इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ती मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापन वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेता मार्फत दैनिक खुद सम्पत्ती मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर बिक्री तथा पुनर्खरिद गरिने बताएको छ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ।

फण्डको इकाईमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार ३० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको सहायक कम्पनी हो।

खुलामुखी योजनाको इकाई कसरी हुन्छ खरिदबिक्री?

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने यो योजना खुलामुखी प्रकृतिको भएकोले यसको इकाई नेप्से सूचीकृत भएर खरिदबिक्री हुँदैन। यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन। योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिदबिक्रीको व्यवस्था हुनेछ।

खुलामुखी म्युचुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन। हाल सञ्चालनमा रहेको बन्दमुखी फण्डको जस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन भने कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युचुअल फण्डमा हुन्छ।

यस्तो फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन।

नेपालमा अहिलेसम्म दुईवटा मात्र खुलामुखी योजना सञ्चालनमा आएपनि विश्वबजारमा भने अधिकांश खुलामुखी (ओपन इण्डेड) सामूहिक लगानी कोष सञ्चालनमा रहेको पाइन्छ।

खुलामुखी प्रकारका कोषले लगानीकर्ताको मागअनुसार जति पनि संख्यामा इकाईहरू जारी वा बिक्री गर्न सक्छ। त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाई दोस्रो बजारमा प्रायजसो प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभीमा) नै खरिदबिक्री हुनेगर्छ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनीति अंगिकार गरेको थियो। सोही नीति अनुरुप एनआईबिएल एस क्यापिटललाई पहिलो खुलामुखी फण्ड सञ्चालन गर्ने अनुमति बोर्डले दिएको थियो। हालसम्म एनआईबिएल एस क्यापिटल र एनआईसी एशिया क्यापिटलले मात्र खुलामुखी योजना सञ्चालन गरिरहेका छन्।

सिद्धार्थ क्यापिटलले हालसम्ममा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक दुई बन्दमुखी योजनाहरु सञ्चालन गरिसकेको छ जसले वार्षिक ४८.५ प्रतिशत र १३.६० प्रतिशत (क्रमशः) प्रतिफल दिएको थियो। क्यापिटलले हाल १० वर्ष अवधिको सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ नामक दुई बन्दमुखी योजना सञ्चालन गरिरहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।