सगरमाथा इन्स्योरेन्सको मूल्य समायोजन

Jul 01, 2021 07:19 AM Merolagani



असार १७ गते, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स (SIC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४०० रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १५५४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।