सगरमाथा इन्स्योरेन्सको मूल्य समायोजन

Jul 01, 2021 07:19 AM Merolagani



असार १७ गते, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स (SIC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४०० रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १५५४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।