आफ्नो व्यवसायलाई एमेजन जस्तो बनाउन सिकाउने पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश

Jul 14, 2021 06:29 PM Merolagani



हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा विगत केही सातादेखि हामीले स्टिभ एन्डेरसनद्वारा लिखित पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश प्रस्तुत गर्दै आएका छौँ। आज सोही पुस्तकको सारंशको अर्को भाग लिएर उपस्थित भएका छौँ।

बेजोस जटिलतालाई सरल बनाउथे

‘फस्ट्रेशन फ्रि प्याकिङ्ग’ यो आइडिया एमेजनका लागि हो जुन एमेजनमा बिक्री हुने ‘एमेजन अन्लि’ उत्पादनहरु सिर्जना बनाउन प्रयोग गरिन्छ। प्याकिङ्ग खोल्न सजिलो र पुनः प्रयोग गर्न सकिने हुनुपर्छ।

बेजोस एमेजनको स्वामित्वलाई बढावा दिन्थे, चाहे त्यो कर्मचारी होस्, शेयरधनी होस् या पार्टनर

बेजोसलाई थाहा छ कि अधिकांश लगानीकर्ताहरु अल्पकालिन हुन्छन्, जसले शेयर भाडामा लिएको जस्तो गरी आफ्नो पोर्टफोलियो छिटो परिवर्तन गर्छन्। उनी त्यस्ता लगानीकर्ता खोज्थे जो स्वामित्व मनस्थितिको होस्। जब कसैले केही कुराको स्वामित्व ग्रहण गरेजस्तो सोच्छ, त्यसपछि उनीहरुले आफ्नै जस्तो सोच्छ र त्यसलाई फरक तरिकाले सोच्छ। सन् २००२ मा बेजोसले आफ्ना लगानीकर्ताहरुका लागि एक शब्द प्रयोग गरेका थिए, ‘शेयरओनर’।

एमेजनले राम्रा र प्रतिभावान कर्मचारीहरुको भर्ति गर्न र कायम राख्ने कार्यलाई जारी राख्यो र उनीहरुको क्षतिपूर्तिका लागि नगद भन्दा स्टकको विकल्प दिन्थे।

स्वामित्व बढावा गर्ने एमेजनको तरिका

१) मानिसहरुलाई स्वामिको रुपमा सम्बोधन गर्नुहोस्
२) कर्मचारीलाई कम्पनीमा स्टक दिने
३) पहिलो र दोस्रो प्रकारको निर्णय लिन सिकाउने
४) आविष्कार र परिवर्तन गर्न अवसर सिर्जना गर्ने
५) नेतृत्वलाई प्रोत्साहन गर्ने
६) ‘अप–आउट’ लाई अवसर दिनु
७) असहमत र प्रतिबद्ध अभ्यास गर्नुहोस्

एमेजन र बेजोसका लागि हरेक दिन पहिलो दिन हो

संस्थाको वृद्धिमा सबैभन्दा ठूलो चुनौती भनेको पहिलो दिनको संस्कार कायम गर्नु हो। यसलाई अन्यथा नलिनुस्। स्केल राम्रो छ किनभने यसले तपाईलाई सुदृढ बनाउँछ। एक ठूलो बक्सरले टाउकोमा पन्च गर्न सक्छ, तर तपाई ती पन्चहरुलाई छल्न चाहनुहुन्छ। त्यसैले, तपाई निम्बल जस्तो हुन चाहनुहुन्छ, तपाई ठूलो र निम्बलजस्तो हुन चाहनुहुन्छ। बेजोस धेरै कुराहरु पत्ता लगाउन र बचाउ गर्छन्, ग्राहकको आकांक्षा तिमध्ये एक हुन्, जुन पहिलो दिनजस्तो होस्।

जब एमेजन भर्खर शुरु भइरहेको थियो, बेजोस एक एक पैसाको हिसाब राख्नु परेको थियो। जब कर्मचारीहरुलाई डेस्कको आवश्यकता पर्दथ्यो, बेजोस ठोस ढोकामा खुट्टा जोडेर साधारण डेस्क तयार गर्न सान्त्वना दिन्थे। तिनिहरु होम डिपोटमा खरिद गर्नुभन्दा निकै सस्ता थिए। र त्यसैले, बेजोसले एमेजन ‘डोर डेस्क’ सिर्जना गरे।

सन् १९९५ मा ‘डोर डेस्क’ आवश्यकता थियो भने, अहिले पनि हजारौँ कर्मचारीहरु त्यसलाई प्रयोग गर्छन्। यद्यपी, ती डेस्कहरु यी वर्षहरुमा रिफाइन भएका छन्। जब पनि कोही त्यो डेस्कमा बस्थे, तब उनीहरुलाई सँधै पहिलो दिनको याद दिलाउँथ्यो।

‘अझै धेरै कुराहरु आविष्कार गर्न बाँकी नै छ। अझै धेरै नयाँ कुराहरु हुन बाँकी छ। मानिसहरुलाई इन्टरनेट कत्तिको प्रभावकारी हुनसक्छ भन्ने अझै पनि थाहा छैन र यो अझै पनि पहिलो दिन झै हो।’ बेजोस (१९९७)

पहिलो दिनमा, ग्राहकभन्दा अरु कुनै कुरा महत्वपूर्ण छैन।

दैनिक मजदुरीमा बाँच्ने कर्मचारीजस्तै, धेरै व्यवसायहरु पहिला ग्राहकमाझ बाँच्छन्। सुरुका दिनमा, केही व्यवसायहरु विनासको निकै नजिक छन्।

उद्घाटनका दिन, बेजोसलाई थाहा थियो कि ग्राहक थप नगरी कुनै उपाय छैन। उनीहरुलाई ग्राहक थप गर्नु त थियो नै त्यसका साथै आजको कम्पनी बन्न ति ग्राहकहरुबाट पुनः व्यवसाय गर्न आवश्यक थियो।

असाधारण सेवाका लागि बेजोस नियम बदल्न डराउँदैनथे

ग्राहकहरुका लागि ठिक छ भने एमेजनमा नीति र प्रक्रियाबाट विचलित हुन सही छ। नीतिहरु निर्णयलाई दिशा दिन सहयोग गर्नका लागि हो तर ग्राहकहरुको आवश्यकता मारेर होइन।

पहिलो दिनमा, गतिले पर्फेक्सन दिन्छ, धैर्यताले नाफा

जब व्यवसाय सानो हुन्छ, निर्णयहरु छिटो लिइन्छ। छिटो निर्णय लिनका लागि आधिकारिक व्यक्ति हुन्छ। प्रायः त्यस्तो व्यक्ति संस्थापक हुन्छ। जब व्यवसाय वृद्धि हुन्छ, तब त्यो गति र धैर्यलाई कायम राख्न निकै सकसपूर्ण हुन्छ।

एमेजनका १४ नेतृत्व सिद्धान्तहरु

१) ग्राहकको जूनुन
२) स्वामित्व
३) आविष्कार र सरलिकृत
४) सही छन्, धेरै
५) सिक र उत्सुक होऊ
६) लिऊ र उत्कृष्ट विकास गर
७) उच्च मापदण्डमा जोड दिनुहोस्
८) ठूलो सोच
९) कार्यका लागि पूर्वाग्रह
१०) किफायत
११) विश्वास जित्नु
१२) गहिराइमा जानु
१३) असहमत र प्रतिबद्धको जग बनाउनु
१४) नतिजा दिनुहोस्




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।