फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा सामान्य सुधार

Jul 19, 2021 06:35 AM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड(FMDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ।

अघिल्लो आथिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तको खुद नाफा १.२९ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२९ प्रतिशत मात्र बढेको छ।

त्यसैगरी, लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०२.५२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ अर्ब ६० करोड रुपैयाँ सापटीबाट ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।